जनकपुर,२९ माघ । प्रदेश २ मा प्रदेशसभाका मर्यादापालकको ड्रेस दौरा सुरुवाल को सट्टामा नयाँ ड्रेसकोर्ड तय गरिएको ।
प्रदेशसभाको पहिलो बैठक बस्नुअघि नै सर्वदलीय बैठकबाट दौरा सुरुवाल लगाउन नपाउने निर्णय गरेपछि उक्त दिन मर्यादापालकहरु आफू खुसी ड्रेस लगाएर पुगेका थिए । उनीहरुलाई चिनाउन ब्याच प्रदान गरिएको थियो । सोमबार कार्यव्यवस्था परामर्श समितिको बैठकले मर्यादापालकको ड्रेस कोर्ड निर्धारण गरेको छ ।
‘गर्मीमा दौरा सुरुवाल लगाउन सकिन्न , पुरुष मर्यादापालकले कफी कलरको सफारी सुट र महिलाले सारी लगाउने निर्णय भएको प्रदेशसभा सदस्य मनिष सुमनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्