काठमाडौ १ मंसिर । नेपालीहरुको ठूलो चाड विजया दशमी र तिहार सकिएसँगै काठमाण्डौ उपत्यका फर्किनेहरुको सङ्ख्या बढेको छ ।काठमाण्डौ उपत्यका भित्रिने मुख्य नाका नागढुङ्गा, थानकोटबाट उपत्यका भित्रिनेहरु चाडपर्वहरु सकिएसँगै फर्किन थालेका हुन् ।सरकारी बिदा सकिएको र निजी क्षेत्रमा काम गर्नेहरुको पनि चाडबाड बिदा सकिएसँगै झोला बोकेर फर्किनेहरु काठमाण्डौ उपत्यकाका सडकहरुमा बाक्लै देखिन्छन् ।
सरकारी तथा निजी कार्यालयहरु खुल्न थालेसँगै काठमाण्डौ उपत्यकाभित्र बसेर कामकाज गर्नेहरु तथा चाडपर्व मनाउन घर गएकाहरु फर्किन थालेका छन् ।काठमाण्डौ उपत्यका छिर्ने मुख्य नाकाहरु तथा बसपार्कमा घरबाट काठमाण्डौ फर्किनेहरुको चहलपहल बाक्लो देखिन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्