काठमाडौं, २८ माघ । राष्ट्रिय जनता पार्टी (राजपा)ले एमाले अध्यक्ष केपी ओलीले आफ्ना अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरलाई उपराष्ट्रपति प्रस्ताव नराखेको दाबी गरेको छ । केही दिनअघि ओलीले र ठाकुर विच भेट भएको थियो । दुई मधेसी घटक राजपा र फोरम नेपालको समर्थन पाए माओवादी केन्द्रलाई सरकार बाहिरै राख्ने योजनामा रहेका ओलीले आफूलाई प्रधानमन्त्रीमा सघाउने सर्तमा ठाकुरलाई उपराष्ट्रपति प्रस्ताव गरेको समाचारहरु आएका थिए । तर, ओलीबाट त्यस्तो प्रस्ताव नआएको राजपा अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले बताए । ‘भेट भएको हो । तर, उपराष्ट्रपतिको प्रस्ताव आएको होइन’, यादवले भने । उनले ठाकुर उपराष्ट्रपति नभई राष्ट्रपति हुने क्षमताका नेता भएको दाबी गरे । ‘महन्थ ठाकुर मधेसका सबैभन्दा सिनियर र पाका नेता हुनुहुन्छ’, उनले भने, ‘उहाँ भए राष्ट्रपति हुने हो, उहाँलाई उपराष्ट्रपतिमा प्रचारित गरिनु उहाँको ठूलो अपमान हो ।’ विद्या भण्डारीलाई राष्ट्रपतिमा निरन्तरता दिने पक्षमा रहेका उपराष्ट्रपति ठाकुरलाई बनाउन पाए मधेस र पहाडको सन्तुलन मिल्ने ओलीको बुझाई छ ।
यद्यपि राष्ट्रपति दोहोरिने अवस्थामा आफू पनि दोहोरिन पाउनुपर्ने अडान उपराष्ट्रपति नन्दबहादुर पुनको छ । राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनले आपसी सल्लाहमै दुवैजना दोहोरिने गरी लविङ गर्दै आएका छन् ।
किन हुन्छ धेरै सडक दुर्घटना , दुघर्टना पछि भेटिदैन किन सवारी साधानहरु ?
तराई देखी पहाडका जिल्लाहरुलाई राजधानी काठमाडौंसम्म जोड्ने यो सडकमा दैनिकजसो दुर्घटना भैरहेको छ । कहिले रात्रि बस खस्छ, कहिले मालवाहक ट्रक, कहिले प्राईभेट जीप । त्रिशुलीमा खसेर कति बेपत्ता भए भन्ने अझै लेखाजोखा छैन ।
रोल ……..
नेपालको अधिकाँस सडक साँघुरो र घुमाउरो र भौगोलिक बनावट अनुसार नै बनेका बाटाहरु भिरालोमा भिरतिरै कोल्टे परेको, उकालोमा ठाडो उकालो, पहाडी बाटाहरुमा थुप्रै घुम्ती , सडकमा कतै कतै मात्र ट्राफिक चिन्ह र साइनबोर्डमात्र भएको त्रिशुली नदी किनारको सडक भएर यात्रा गर्दा चालक र यात्रुको मनमा सधै त्रास भैरहन्छ । पछिल्लो दुर्घटनामा सिचाई मन्त्रालयका सचिव रामानन्द यादव चढेको जीप दुर्घटनामा परेको छ । आज विहानै कपिलवस्तुबाट छोरी डाक्टर रञ्जनाको बिहेको कुरो छिनेर काठमाडौं फर्कदै गरेका सिंचाइ मन्त्रालयका यादव सवार जीप धादिङको बेनीघाट रोलाङ गाउँपालिका–३ को सलाङघाटबाट त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ । खसे लगतै उद्धारमा गएका गोदाखोर टोली ,नेपाली सेना, जनपथ प्रहरी, स्थानीयबासीको सहयोगमा केही समयको खोजी कार्या पछि सचिव यादवको शव नदी बाट निकालियो तर उनिसगै रहेका यादवका २२ वर्षीय छोरा सन्तोष यादव र एक जना नाम नखुलेको किशोरी को शव भने अहिले सम्म फेला पार्न सकिएको छैन । यादव सगै दुर्घटनामा परेका गाडी चालक लाई घाइते अवस्थामा स्थानियले उद्धार गरि उपचारको लागी काठमाडौं ल्याइयो । उक्त बाटोमा घटना हुनुका मुख्य कारण भने सडको अवस्था , ‘रोड सेफ्टी अडिट’ र ‘ब्ल्याक स्पट’ न्यून, रहनु , सवारीसाधनको अवस्थामा चालकले ध्यान नदिनु , यात्रुको ढिपी , क्षमताभन्दा बढी यात्रु बोक्नु र तीव्र गति दुघटनाका मुख्यकारण रहेका छन् । त्रिशुली नदी सडक खण्डमा दुर्घटना भईहाले पनि दुर्घटना भएका सवारी साधान पाउन समेत मुस्किल हुने गर्दछ । नेपालका नदीहरु जस्तै त्रिशुली नदी पनि खोंच र पहराको कुना हुँदै बगेको छ ।
यो नदीको किनार भएर जाने धेरै सडकखण्ड बढी दुर्घटना हुने स्थलको रुपमा चिनिन्छ । दासढुङ्गा वा घोप्टेभिर जहाँ दुर्घटना भएपनि खस्ने त्रिशुलीमा नै हो । नदीको बहाव बढी हुने भएकोले त्रिशुलीमा बेपत्ता हुनेहरु भेटिने सम्भावना कम हुने उद्धारकर्ता बताउँछन् ।
बाइट ………
गाडी खस्दा गाडीको पाङ्ग्रा झरेको छैन भने त्यसभित्रै रहेकाको खोजी कार्य गर्न निकै कठिन हुने उद्धारमा खटिनेहरुके अनुभव छ । ‘पाङ्ग्रा सहितको गाडी यति ठूलो पानीको बहावले सजिलै बगाउने भएकोले पाउन मुस्किल हुने उनिहरु बताउछन् । पानीभित्र खोज्ने गोताखोर पनि समुद्र जस्तो शान्त भएर बग्ने पानीभित्र मात्र जाने भएकाले यहाँका नदीखोलामा गोताखोरले पनि काम गर्न मुस्किल हुने गरको छ । यसरी दैनिक हुन सडक दुर्घटना न्यूकिकरण गर्न सरोकारवाला निकार्य ध्यान दिन आवश्यक छ ।
धादिगं बाट एविसी रिपोटर रमेश आर्चायको सहयोगमा कविराज विसी , काठमाडौ ।
प्रतिक्रिया दिनुहोस्