ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपराष्ट्रपतिको प्रस्ताव आएको हैन – यादव


एबीसी न्यूज
माघ २८, २०७४ आईतबार   १२ : २२   बजे

काठमाडौं, २८ माघ । राष्ट्रिय जनता पार्टी (राजपा)ले एमाले अध्यक्ष केपी ओलीले आफ्ना अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरलाई उपराष्ट्रपति प्रस्ताव नराखेको दाबी गरेको छ । केही दिनअघि ओलीले र ठाकुर विच भेट भएको थियो । दुई मधेसी घटक राजपा र फोरम नेपालको समर्थन पाए माओवादी केन्द्रलाई सरकार बाहिरै राख्ने योजनामा रहेका ओलीले आफूलाई प्रधानमन्त्रीमा सघाउने सर्तमा ठाकुरलाई उपराष्ट्रपति प्रस्ताव गरेको समाचारहरु आएका थिए । तर, ओलीबाट त्यस्तो प्रस्ताव नआएको राजपा अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले बताए । ‘भेट भएको हो । तर, उपराष्ट्रपतिको प्रस्ताव आएको होइन’, यादवले भने । उनले ठाकुर उपराष्ट्रपति नभई राष्ट्रपति हुने क्षमताका नेता भएको दाबी गरे । ‘महन्थ ठाकुर मधेसका सबैभन्दा सिनियर र पाका नेता हुनुहुन्छ’, उनले भने, ‘उहाँ भए राष्ट्रपति हुने हो, उहाँलाई उपराष्ट्रपतिमा प्रचारित गरिनु उहाँको ठूलो अपमान हो ।’ विद्या भण्डारीलाई राष्ट्रपतिमा निरन्तरता दिने पक्षमा रहेका उपराष्ट्रपति ठाकुरलाई बनाउन पाए मधेस र पहाडको सन्तुलन मिल्ने ओलीको बुझाई छ ।
यद्यपि राष्ट्रपति दोहोरिने अवस्थामा आफू पनि दोहोरिन पाउनुपर्ने अडान उपराष्ट्रपति नन्दबहादुर पुनको छ । राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनले आपसी सल्लाहमै दुवैजना दोहोरिने गरी लविङ गर्दै आएका छन् ।

 

 

किन हुन्छ धेरै सडक दुर्घटना , दुघर्टना पछि भेटिदैन किन सवारी साधानहरु ?
तराई देखी पहाडका जिल्लाहरुलाई राजधानी काठमाडौंसम्म जोड्ने यो सडकमा दैनिकजसो दुर्घटना भैरहेको छ । कहिले रात्रि बस खस्छ, कहिले मालवाहक ट्रक, कहिले प्राईभेट जीप । त्रिशुलीमा खसेर कति बेपत्ता भए भन्ने अझै लेखाजोखा छैन ।
रोल ……..
नेपालको अधिकाँस सडक साँघुरो र घुमाउरो र भौगोलिक बनावट अनुसार नै बनेका बाटाहरु भिरालोमा भिरतिरै कोल्टे परेको, उकालोमा ठाडो उकालो, पहाडी बाटाहरुमा थुप्रै घुम्ती , सडकमा कतै कतै मात्र ट्राफिक चिन्ह र साइनबोर्डमात्र भएको त्रिशुली नदी किनारको सडक भएर यात्रा गर्दा चालक र यात्रुको मनमा सधै त्रास भैरहन्छ । पछिल्लो दुर्घटनामा सिचाई मन्त्रालयका सचिव रामानन्द यादव चढेको जीप दुर्घटनामा परेको छ । आज विहानै कपिलवस्तुबाट छोरी डाक्टर रञ्जनाको बिहेको कुरो छिनेर काठमाडौं फर्कदै गरेका सिंचाइ मन्त्रालयका यादव सवार जीप धादिङको बेनीघाट रोलाङ गाउँपालिका–३ को सलाङघाटबाट त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ । खसे लगतै उद्धारमा गएका गोदाखोर टोली ,नेपाली सेना, जनपथ प्रहरी, स्थानीयबासीको सहयोगमा केही समयको खोजी कार्या पछि सचिव यादवको शव नदी बाट निकालियो तर उनिसगै रहेका यादवका २२ वर्षीय छोरा सन्तोष यादव र एक जना नाम नखुलेको किशोरी को शव भने अहिले सम्म फेला पार्न सकिएको छैन । यादव सगै दुर्घटनामा परेका गाडी चालक लाई घाइते अवस्थामा स्थानियले उद्धार गरि उपचारको लागी काठमाडौं ल्याइयो । उक्त बाटोमा घटना हुनुका मुख्य कारण भने सडको अवस्था , ‘रोड सेफ्टी अडिट’ र ‘ब्ल्याक स्पट’ न्यून, रहनु , सवारीसाधनको अवस्थामा चालकले ध्यान नदिनु , यात्रुको ढिपी , क्षमताभन्दा बढी यात्रु बोक्नु र तीव्र गति दुघटनाका मुख्यकारण रहेका छन् । त्रिशुली नदी सडक खण्डमा दुर्घटना भईहाले पनि दुर्घटना भएका सवारी साधान पाउन समेत मुस्किल हुने गर्दछ । नेपालका नदीहरु जस्तै त्रिशुली नदी पनि खोंच र पहराको कुना हुँदै बगेको छ ।
यो नदीको किनार भएर जाने धेरै सडकखण्ड बढी दुर्घटना हुने स्थलको रुपमा चिनिन्छ । दासढुङ्गा वा घोप्टेभिर जहाँ दुर्घटना भएपनि खस्ने त्रिशुलीमा नै हो । नदीको बहाव बढी हुने भएकोले त्रिशुलीमा बेपत्ता हुनेहरु भेटिने सम्भावना कम हुने उद्धारकर्ता बताउँछन् ।
बाइट ………
गाडी खस्दा गाडीको पाङ्ग्रा झरेको छैन भने त्यसभित्रै रहेकाको खोजी कार्य गर्न निकै कठिन हुने उद्धारमा खटिनेहरुके अनुभव छ । ‘पाङ्ग्रा सहितको गाडी यति ठूलो पानीको बहावले सजिलै बगाउने भएकोले पाउन मुस्किल हुने उनिहरु बताउछन् । पानीभित्र खोज्ने गोताखोर पनि समुद्र जस्तो शान्त भएर बग्ने पानीभित्र मात्र जाने भएकाले यहाँका नदीखोलामा गोताखोरले पनि काम गर्न मुस्किल हुने गरको छ । यसरी दैनिक हुन सडक दुर्घटना न्यूकिकरण गर्न सरोकारवाला निकार्य ध्यान दिन आवश्यक छ ।
धादिगं बाट एविसी रिपोटर रमेश आर्चायको सहयोगमा कविराज विसी , काठमाडौ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति नेकपा नेता भीम रावलको कडा आलोचना

प्रधानमन्त्रीको भनाइले निम्त्याएको सीमा विवाद : ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्नु कति सही र विवादास्पद ?(भिडियो)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति नेकपा नेता भीम रावलको कडा आलोचना

प्रधानमन्त्रीको भनाइले निम्त्याएको सीमा विवाद : ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्नु कति सही र विवादास्पद ?(भिडियो)

भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

प्रधानमन्त्रीको ‘आत्मघाती’ अभिव्यक्ति : नेपालले भारतको जग्गा मिच्यो भन्ने झुट संसद् रेकर्डबाट हटाउन माग

प्रधानमन्त्री बालेनको गम्भीर कूटनीतिक भुल : ‘नेपालले भारतको जग्गा मिचेको छैन’- पूर्वराजदूत आचार्य

आक्रोशित आशिका तामाङलाई रास्वपाकै सांसदले बाहिर पठाए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group