रिमोटसहित प्रेसर कुकर बम १ थान, सुतली बम २ थान, कटुवा पेस्तोल १ थान, गोली ४ थान, बारुद आधा किलो, डेटोनेटर ६ थान, नेपाली सेनाको पोसाक १ सेट लगाएतका सामग्रीसहित उनीहरुलाई सार्वजनिक गरिएको हो।
बुधबार मनहरी गाउँपालिका–९ स्थित सानो भावर जंगलमा एक व्यक्तिलाई गोली प्रहार गरी घाईते बनाएको भन्ने सूचनाको आधारमा अनुसन्धान गर्दा हातहतियार र विष्फोटक पदार्थसहित उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी उपरीक्षक विकासराज खनालले बताए।
घटनास्थल नजिकै ना ४० प ६२१५ नम्बरको मोटरसाईकल जलेको अबस्थामा भेटिएको र मोटरसाईकल मोक्तान दम्पतीले प्रयोग गरेको खुल्न आएपछि प्रहरीले उनीहरुलाई शुक्रबारै पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।
प्रहरीले शुक्रबार मनहरी–९ स्थित खराङ्गचोक नजिक बाटोमा बालुवाभित्र लुकाई राखेको राईफलको गोलीहरु तथा मनहरी–५ डिल्लीपुरस्थित रामबहादुरको ससुराली घरमा लुकाई राखेको नलकटुवा पेस्तोल, बिष्फोटक पदार्थहरु लगाएतका सामग्री बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार मनहरी गाउँपालिका–९ स्थित सानोभावर जंगलमा मोटरसाईकल रोकी बसेको अवस्थामा शरण र राजु भन्ने राजकुमार तामाङ्गले अपशब्द बोली थप्पड हानेपछि बिवाद भई गोली प्रहार गरेको स्वीकारेका छन्।
प्रतिक्रिया दिनुहोस्