प्रदेशका संसदीय दलकाे नेता तथा सभामुख र उपसभामुख चयनमा पार्टी अध्यक्ष केपी शर्मा अाेलीले एकलाैटी गरेकाे भन्दै पार्टीका तीन शीर्ष नेता माेर्चाबन्दीमा लागेकाे स्राेतकाे भनाइ छ ।
पार्टी अध्यक्षलार्इ ठीक साइजमा राख्न भन्दै तीन नेताले माेर्चाबन्दी गरेका हुन् । याे माेर्चाबन्दीले नेकपा माअाेवादी केन्द्रसँग चलिरहेकाे एकताकाे वार्ता प्रकृयालार्इ पनि प्रभावित पार्ने अाशंका उत्पन्न भएकाे एक एमाले नेताले बताए ।
माअाेवादीसँग पार्टी एकताका वेला पनि अहिले जस्तै एकलाैटी निर्णय गर्ने अाशंकाले नेपाल, खनाल र गाैतमबीच माेर्चाबन्दी भएकाे अनुमान गरिएकाे छ ।
गत महाधिवेशनमा पराजित भएबाटै नेपाल पार्टीभित्र अर्काे गुट चलाइरहेका वेला अाेलीनिकट भनिएका खनाल र गाैतमसमेत मिल्न जाँदा अाेलीलार्इ समस्या पर्ने अाशंका उनी पक्षका नेताहरूकाे छ ।
माेर्चाबन्दी गरेका तीन नेताले अब माअाेवादीसँगकाे एकता प्रकृया र नयाँ सरकार गठनका वेला अाफू पक्षका लार्इ राम्राे मन्त्रालयकाे माग गर्ने तयारी गरेकाे समाचार स्राेतले जनायाे ।
प्रतिक्रिया दिनुहोस्