ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायपालिका र कार्यपालिका विरुद्ध बोल्नेलाई छुट दिनु हुँदैन : नागरिक अगुवा


एबीसी न्यूज
माघ २७, २०७४ शनिबार   ८ : ३०   बजे
 काठमाडौं ,२७ माघ । स्वतन्त्र न्यायपालिका र कार्यपालिका विरुद्ध जथाभावी बोल्दै हिंड्ने जो कोहीलाई पनि छुट दिन नहुने नागरिक अगुवाहरुले बताएका छन् । पछिल्लो समय न्यायपालिका माथि भईरहेको आक्रमणको विरुद्ध एक जुट हुनुपर्ने आवाज उठाउँदै नागरिक समाजका केही व्यक्तिहरुले यस्तो कुरा बताएका हुन् ।
कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बीचको शक्ति सन्तुलनलाई समेत हस्तक्षेप हुन नदिन उनीहरुले माग गरेका छन् । राजधानीको माइतीघर मण्डलामा बाह्र वटा संघ संस्थाहरुबाट आयोजना गरिएको संयुक्त सभामा बोल्दै वक्ताहरुले न्यायपालिकाको गरिमा जोगाउनु पर्ने बताए । कानुन भन्दा माथि कोही पनि नभएको जिकिर गर्दै उनीहरुले कानुनी राज्यको स्थापनामा जोड दिन माग गरेका छन् ।
न्यायपालिकाका विरुद्ध मिडियामा दुष्प्रचार बढेको भन्दै उनीहरुले न्यायपालिकाको गरिमा बढाउन सबैको ध्यानाकर्षण गराएका छन् । स्वतन्त्र न्यायपालिकाको सिद्धान्त विपरीत केही व्यक्तिहरुले सस्तो लोकप्रियताका लागि अदालतका विरुद्ध वक्तव्य बाजी गर्दै हिंडेको भन्दै नागरिक समाजका अगुवाहरुले सरकार समक्ष ज्ञापन पत्र समेत बुझाएका छन् ।
 सस्तो लोकप्रियताका लागि केही बुद्धिजिवी भन्नेहरुले न्यायलय विरुद्ध बारम्बार उत्तेजित भाषण गरिरहेको उहाँले आरोप लगाउनु भयो । सभामा बोल्दै समाजसेवी एवं राजनीतिक विश्लेषक पदम सापकोटा, भोजराज तिमिल्सिना र युवा नेता शम्भुप्रसाद अधिकारी लगायतले न्यायपालिका माथिको हस्तक्षेप बन्द गर्नुपर्ने र कानुनी राज्य स्थापना गर्नुपर्ने बताए । युवा नेता अधिकारीले डा. गोविन्द केसी र केही कानुन व्यवसायी जस्ता व्यक्तिकै कारण कानुनको खिल्ली उड्दै गएको धारणा राख्नुभयो । न्यायलयको बर्खिलापमा हिंड्ने जो कोहीलाई पनि कारवाही गर्न उहाँले सरकारको ध्यानाकर्षण गर्नुभयो कार्यक्रम पछि सामाजिक न्याय र स्वतन्त्रताका लागि संयुक्त राष्ट्रिय महाअभियानले न्यायपालिका विरुद्ध भईरहेको गतिविधि तुरुन्त रोकी दोषीलाई कडा भन्दा कडा सजाय दिनुपर्ने माग राखी प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ । यस महाअभियानका संयोजक भोजराज तिमिल्सिनाद्धारा हस्ताक्षरित ज्ञापन पत्र प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा दर्ता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति नेकपा नेता भीम रावलको कडा आलोचना

प्रधानमन्त्रीको भनाइले निम्त्याएको सीमा विवाद : ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्नु कति सही र विवादास्पद ?(भिडियो)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति नेकपा नेता भीम रावलको कडा आलोचना

प्रधानमन्त्रीको भनाइले निम्त्याएको सीमा विवाद : ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्नु कति सही र विवादास्पद ?(भिडियो)

भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

प्रधानमन्त्रीको ‘आत्मघाती’ अभिव्यक्ति : नेपालले भारतको जग्गा मिच्यो भन्ने झुट संसद् रेकर्डबाट हटाउन माग

प्रधानमन्त्री बालेनको गम्भीर कूटनीतिक भुल : ‘नेपालले भारतको जग्गा मिचेको छैन’- पूर्वराजदूत आचार्य

आक्रोशित आशिका तामाङलाई रास्वपाकै सांसदले बाहिर पठाए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group