काठमाडौं,२७ माघ । सिंचाइ मन्त्रालयका सचिब रामानन्द यादव चढेको बा २ झ ३१४० नम्वरको जीप शनिबार बिहान धादिङको बेनीघाटरोलाङ गाउँपालिका–३ को सलाङघाटबाट त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ ।
यादब सगै उनका छोरा सन्तोष यादव र एक जना नाम नखुलेको किशोरी हराइरहेको प्रहरीले जानकारी दिएको छ । हराइरहेका तीन जनाको खोजीकार्यका लागी शसस्त्रको गोदाखोर टोली ,नेपाली सेना, जनपथ प्रहरी, स्थानीयबासीको सहयोगमा खोजीकार्य जारी भैरहेको छ । जिपमा अरु को को थिए भन्ने खुलिसकेको छैन । घाइते अवस्थामा रहेका चालकलाई उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । ।
प्रतिक्रिया दिनुहोस्