काठमाडौ २८ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन ।शपथ ग्रहणपछि उनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन । यस्तै, पर्सि विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालयमा सूचना दिने उनको तयारी छ ।
आज सार्वजनिक बिदा परेकाले भोलि विश्वासको मत लिनका लागि सूचना दिने तयारी भएको हो । उनले विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने बताएका छन । हिजो पार्टीभित्र विद्रोह गरेर एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता केदार कार्की नियुक्त भएका हुन
।उनको विद्रोहले सत्ता गठबन्धन सङ्कट पर्ने सम्भावना भएपछि हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस नेता शेखर कोइरालाले गठबन्धन कमजोर हुन नदिने सहमति गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्