ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिल्ला समन्वय समिति महासंघद्वारा ध्यानाकर्षण


एबीसी न्यूज
माघ २५, २०७४ बिहीबार   १० : ४०   बजे

पोखरा, २५ माघ । राष्ट्रिय सभा निर्वाचनमा समन्वय समितिका पदाधिकारीलाई मतदानबाट वञ्चित गराइएकोप्रति जिल्ला समन्वय समिति महासंघ ४ नं प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघको ४ नं प्रदेश समितिका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीद्वारा बुधबार जारी गरिएको विज्ञप्तिमा गाउँपालिका, नगरपालिका र जिल्ला सभालाई संविधानमै स्थानीय तह भनेर उल्लेख गर्दा पनि राष्ट्रियसभा निर्वाचनमा समन्वयका पदाधिकारीलाई मतदानको अवसरबाट वञ्चित गराइनु संविधान विपरीत भएको उल्लेख छ ।

‘संविधानको धारा ५६ को ४ मा भएको व्यवस्थामा स्थानीय तह भन्नाले गाउँपालिका, नगरपालिका र जिल्ला सभालाई जनाउँछ भनी स्पष्ट उल्लेख गरिएको छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधानको धारा २२० को उपधारा ७ को व्यवस्थाअनुसार जिल्ला समन्वय समितिलाई दिएको अधिकारलाई समेत बन्देज गर्नेगरी बेलाबेलामा मन्त्रालयबाट निर्देशन र परिपत्रहरु पठाइएको छ, यसप्रति महासंघको आपत्ति छ ।’

संविधानले दिएको अधिकार र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९२ र ९५ मा को व्यवस्थालाई कुशलतापूर्वक कार्यान्वयन गर्न जिल्ला समन्वय समिति महासंघ अगाडि बढिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘जिल्लामा रहेका स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारका कार्यालयहरुसँग समन्वय गरी दीगो शान्ति, सुशासन, विकास र समृद्धिको जनआकांक्षा पूरा गर्न हामी निरन्तर प्रयत्नरत छौं,’ विज्ञप्तिमा भनिएको छ । ‘प्रदेश नम्बर ४ का मन्त्रालयहरु व्यवस्थापन गर्ने क्रममा जिल्ला समन्वय समिति, कास्कीसँग कुनै समन्वय भएको छैन, यसप्रति पनि हाम्रो ध्यानाकर्षण भएको छ ।’

साथै, प्रदेशसभाको पहिलो बैठकमा दर्शकदीर्घामा बस्नका लागि विभिन्न राजनीतिक दललाई १५÷२० वटा पास पठाउँदा समन्वय समितिका पदाधिकारीलाई कुनै व्यवस्था नगरिएकोमा महासंघले विज्ञप्तिमार्फत दुःख व्यक्त गरेको छ । ‘प्रदेशसभा सचिवालयका जिम्मेवार कर्मचारीलाई पासका बारेमा सोध्दा जुन पार्टीबाट प्रमुख हुनुभयो उही पार्टीसँग पास मागेर आउनु भनी फर्काइएको जवाफप्रति महासंघ घोर आपत्ति प्रकट गर्दछ ।’

विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९५ लाई कुण्ठित हुने गरी जुनसुकै निकायबाट भएका कार्यप्रति महासंघको आपत्ति रहनेछ ।’ समन्वय समितिको अधिकारप्रति ध्यान दिन महासंघले विज्ञप्तिमार्फत सबैको ध्यानाकर्षणसमेत गराएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको भनाइले निम्त्याएको सीमा विवाद : ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्नु कति सही र विवादास्पद ?(भिडियो)

भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्रीको भनाइले निम्त्याएको सीमा विवाद : ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्नु कति सही र विवादास्पद ?(भिडियो)

भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

प्रधानमन्त्रीको ‘आत्मघाती’ अभिव्यक्ति : नेपालले भारतको जग्गा मिच्यो भन्ने झुट संसद् रेकर्डबाट हटाउन माग

प्रधानमन्त्री बालेनको गम्भीर कूटनीतिक भुल : ‘नेपालले भारतको जग्गा मिचेको छैन’- पूर्वराजदूत आचार्य

आक्रोशित आशिका तामाङलाई रास्वपाकै सांसदले बाहिर पठाए

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group