सुर्खेत, २४ माघ । प्रदेश नम्बर ६ मा राष्ट्रियसभा सदस्यको लागि मतदान सम्पन्न भएको छ । यो प्रदेशमा स्थानीय जनप्रतिनिधि नगर प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष गरेर १ सय ५८ र प्रदेश सांसद ४० जना गरेर १ सय ९८ जना मतदाता रहेका थिए ।
सबै मतदाताले उत्साहका साथ मतदान गरेको निर्वाचन अधिकृत मेदिनिप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सफल भएको बताउनुभयो । अब केही बेरमा सर्वदलिय बैठक बसेर ४ बजेदेखि मतगणना सुरु गर्ने उहाँले जानकारी दिनुभयो ।
प्रदेश नम्बर ६ को मतदान सुर्खेतको विरेन्द्रनगर स्थित जिल्ला निर्वाचन कार्यालयको भवनमा भएको थियो । ४८ मतभार भएका प्रदेश सांसद र १८ मतभार भएका स्थानीय जनप्रतिनिधिले छुट्टाछुट्टै लाइनमा बसेर मतदान गर्ने व्यवस्था गरिएको थियो । स्थानीय जनप्रतिनिधि र प्रदेश सांसदका लागि दुई वटा मदातन केन्द्र तोकिएको थियो । प्रदेश नम्बर ६ बाट ८ राष्ट्रियसभा सदस्यका लागि १२ जनाको उम्मेदवारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्