काठमाडौं,२४ माघ । प्रदेश ६ को विवादको टुंगो लगाएको छ पूर्व ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री बनाउन सबै नेताहरु सहमत भएपछि विवाद टुंगिएको छ । यस अघि नेताहरु नै महेन्द्र शाही र नरेश भण्डारी पक्षविपक्षमा विभाजित भएकोले मुख्यमन्त्रीको टुंगो लाग्न सकेको थिएन । शाही कालीकोट प्रदेश (ख) बाट निर्वाचित सांसद हुन् । नेताहरु पूर्वगृहमन्त्री जनार्दन शर्मा, प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेत र संयोजक मायाप्रसाद शर्माले मुख्यमन्त्रीको टुंगो लगाएका हुन् । तर, औपचारिक घोषणा भने बिहीबार मात्रै गरिने जनाइएको छ ।‘अनौपचारिक छलफल भएको हो, छलफलबाट महेन्द्रबहादुर शाहीका नाममा सहमति भएको छ,’ एक नेताले भने,’बिहीबार दलको बैठकबाट औपचारिक घोषणा हुन्छ ।’
मुख्यमन्त्री टुंगो लाग्न नसकेपछि पूर्वगृहमन्त्री जनार्दश शर्मा सहजीकरणका लागि सुर्खेत पुगेका थिए । माअोवादीले प्रदेश ६ र ७ मा मुख्यमन्त्री पाएको थियो । प्रदेश ७ मा यस अघि नै डोटीका त्रिलोचन भट्टलार्इ सर्बसम्मत चयन गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्