ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश सांसदहरु भाडाको घरमा बस्नु पर्दैन : उपमहानगर प्रमुख महत


एबीसी न्यूज

हेटौँडा, २३ माघ । प्रदेश नं ३ का सांसदहरुलाई हेटौँडामा भाडाको घरमा बस्न नपर्ने भएको छ । हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतका अनुसार यहाँ सांसदहरुका लागि सरकारी भवनमा आवासको व्यवस्था गरिने भएकाले भाडाको घर खोज्न नपर्ने भएको हो ।

मुख्य मन्त्री र मन्त्रीसँगै अन्य जिल्लाबाट आउने सांसदलाई पनि सरकारी भवनमा आवास मिलाउने तयारी गरिएको जानकारी दिंदै उहाँले भन्नुभयो, “जम्मा ११० जनाबाट १० जना मन्त्री बन्ने भएकाले उनीहरूका लागि आवासको व्यवस्था मिलाइसकेको र चारजना मकवानपुर र छजना चितवनका सांसद बाहेक ९० जनालाई आवासको व्यवस्था हामी गर्दैछौँ ।”

उपमहानगरप्रमुख महतका अनुसार हेटौँडा सिमेन्ट उद्योगको भैँसेमा रहेको क्वाटर, हेटौँडा कपडा उद्योगको खाली भवन, हेटौँडा कोटिसिएनमा रहेको टिम्बर कर्पोरेसनका क्वाटर र डिभिजन सडक कार्यालय भवनमा आवासको तयारी भइरहेको छ । हेटौँडामा सरकारी भबन पर्याप्त रहेकाले अवासको व्यवस्थापन मिलाउन सहज भएको उहाँको भनाइ छ ।

मकवानपुरका राजनीतिक दलका नेताहरु र यहाँका सांसदहरुले पनि प्रदेशको स्थायी राजधानीका लागि पहल गरिरहेका कारण हेटौँडा उपमहानगरले गरिरहेको व्यवस्थापनले सो कार्यका लागि थप मद्दत मिल्ने मकवानपुरका सांसद प्रेमबहादुर पुलामीले बताउनुभयो ।

मकवानपुरकै अर्का सांसद इन्द्रबहादुर बानियाँले स्थायी राजधानीका लागि पहल भइरहँदा सांसदहरुको आवास पनि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले हेटौँडामा सांसदलाई अन्य प्रदेशमा जस्तो कोठा खोज्न भौँतारिनु नपर्ने जानकारी दिनुभयो ।

सडकपेटी र भारी सवारी साधन व्यवस्थापन

हेटौँडालाई प्रदेश नं ३ को स्थायी राजधानी बनाउने पहलमा जुटेको मकवानपुर उद्योग वाणिज्य संघले हेटौँडा बजारको सडकपेटीमा व्यवसाय गर्न रोक लगाउने र भारी सवारी आगमनमा समय निर्धारण गर्ने निर्णय गरेको छ । हेटौँडा उपमहानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा संघले यस्तो निर्णय गरेको हो ।

उक्त संघका अध्यक्ष कृष्ण कटवालले हेटौँडाका सडकपेटीमा अस्तव्यस्त व्यवसाय र सडक नै जाम हुनेगरी रोकिने भारी सवारी साधनले राजधानी बनाउने सवालमा राम्रो सन्देश नजाने भएकाले यस्तो निर्णय गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी प्रदेशको स्थायी राजधानी बनाउने पहलमा छौँ, बजार साँघुरो हुँदा सन्देश राम्रो जाँदैन ।” व्यवसायी पनि संघको यो निर्णयप्रति सकारात्मक रहेको उहाँको भनाइ छ ।

उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत धु्रव भुजेलले नगरपालिकाले गर्न चाहेको नगर व्यस्थापनमा उद्योग वाणिज्य संघले यस्तो निर्णय गर्दा आगामी दिनमा सहज हुने बताउनुभयो । उहाँले अबदेखि सडकपेटीमा व्यवसाय गर्दा जफत गरिएका सामान फिर्ता नदिनेसमेत बताउनुभयो ।

विभिन्न क्षेत्रमा आज सोमबारदेखि भारी सवारी साधन जथाभावी मनलागेको समयमा प्रवेश गर्न नपाईने सवारी व्यवस्थापन समितिका अध्यक्ष काव्यमणि अधिकारीले बताउनुभयो । उहाँका अनुसार निश्चित समयमा मात्र भारी सवारी साधनले प्रवेशको अनुमति पाउनेछन् ।

सवारी साधनको बढी चाप हुने समयलाई ध्यान दिँदै मकवानपुर उद्योग वाणिज्य संघमा आज बसेको बैठकले भारी सवारी साधन प्रवेशको हकमा समय निर्धारण गरेको हो ।

सवारी साधनमा आजदेखि नै रोक

सवारी व्यवस्थापन समितिका संयोजक काव्यमणि अधिकारीको अध्यक्षतामा भएको सो छलफलले स्थानीय कान्तिराजपथको बुद्धचोकदेखि नगरपालिका मोडसम्म, सिमाचोकदेखि भुटनदेवी स्कूल मोडसम्म र भुटनदेवी स्कूल मोडदेखि शीतल महलचोकसम्मको क्षेत्रभित्र भारी सवारी साधन प्रवेशका लागि समय निर्धारण गरिएको हो ।

छलफलको निर्णयअनुसार बिहान ९ देखि ११ बजेसम्म र दिउँसो ३ देखि साझ ५ः३० बजेसम्म नौ टनभन्दा बढी क्षमताका सवारी साधनले ले सामान लोड अनलोडलगायतका कार्य गर्न नपाउने निर्णय भएको छ । सो क्षेत्रमा प्रवेश गरेका नौ टनभन्दा बढी क्षमता भएका सवारी साधन बिहान ९ बजेअगावै सो क्षेत्रबाट हटिसक्नु पर्नेछ भने बेलुका ५ः३० पछि मात्र सो क्षेत्रमा प्रवेश पाउने निर्णय गरिएको छ ।

गत माघ ८ गते संघका सचिव काव्यमणि अधिकारीको संयोजकत्वमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि, नारायणी यातायात व्यवसायी संघका प्रतिनिधि, हार्डवयर व्यवसायी, कपडा व्यवसायी, फर्निचर व्यवसायीसहितको प्रतिनिधित्व रहने गरी सवारी साधन व्यवस्थापन समिति गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com