ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देवघाटलाई अन्तराष्ट्रिय धार्मिक पर्यटकीय केन्द्रको रुपमा स्थापित गराउनुपर्छ : अध्यक्ष प्रचण्ड


admin
माघ २२, २०७४ सोमबार  ६ : ४६ बजे

चितवन, २२ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देवघाटलाई अन्तराष्ट्रिय धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने बताउनुभएको छ ।
ग्लेश्वर आश्रमद्धारा आयोजित विराट धनधान्याञ्चल ज्ञान महायज्ञ समारोहलाई सम्बोधन गर्दैै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । ‘देवघाटको सम्बन्ध ईतिहास ,पौराणीककाल र परम्परासगँ छ ’ अध्यक्ष प्रचण्डले भन्नुभयो,देशको आर्थिक मरुदण्ड भनेको पर्यटन हो । देवघाटलाई अन्तराष्ट्रिय पर्यटकीय केन्द्र बनाउन बामपन्थी सरकार प्रतिबद्ध छ ।’

देवघाट दक्षिण एसियामा मात्र नभई अन्तराष्ट्रिय स्थरको पर्यटकीय केन्द्र निमार्ण गर्नु पर्ने बताउनुभयो । बामपन्थीहरु शान्ति र सु व्यवस्थाको निम्ति समर्पित भएर काम गर्न चाहेको उहाँको भनाई थियो ।

चिन्तन र विर्मशले समाजमा एउटा नैतिक मुल्य स्थापित गर्न सक्ने भन्दै उहाँले यसले विभिन्न खाले विकृति ,विसंगतिहरुको अन्त्य गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । समाजमा शन्ति,सुव्यवस्था र आर्दश तर्फ उन्मुख गर्नु पर्ने जोड दिदै अध्यक्ष प्रचण्डले भन्नुभयो, आध्यात्मिक चिन्तनतर्फ सबै जनाले अझै बढी विचार ,विर्मश गरेर ,यसको मुल्य स्थापित गर्न आवश्यक रहेको बताउनुभयो ।

देवघाटलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरी अन्तराष्ट्रिय पर्यटक भित्राएर देवघाटसगँ जोडिएका चितवन र नवलपुरलाई आर्थिक टेवा पुग्ने विचार व्यक्त गर्नुभयो ।
बामपन्थी सरकार निमार्ण भएसगै देवघाटको विकासको लागि आफुले सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो , म चितवनको जनप्रनिधि भएकाले देवघाट क्षेत्रको विकास र समृद्धिको निम्ति सकारात्मक छ । यहाँको समस्या समधान गर्न सरकारसगँ छलफल गर्ने जानकारी दिनुभयो । देवघाटको भैतिक सुविधाको विकास गर्ने ,गरिमा बढाउने कार्यमा कुनै कसुर बाकी नराख्ने उहाँको भनाई थियो ।

वेद बेदाङ विद्यालयको शिल्यानास

पुर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देवघाटमा निमार्ण हुन लागिरहेको वेद वेदाङग विद्यालयको शिल्यानास गर्नुभएको छ । ग्लेश्वर आश्रामले १० कठ्ठा क्षेत्रफलमा विद्यालय निमार्ण गर्न लागेको छ । ५ करोड खर्च अनुमान गरिएको भवन निमार्ण गर्न २ बर्ष समय लाग्ने बताईएको छ । महायज्ञबाट संक लन हुने चन्दा र दाताहरुको सहयोग मार्फत विद्यालय निमार्ण गर्ने लक्ष्य लिईएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिनुभयो । नेपाल संकृत विश्व विद्यालयको आंगिक क्याम्पसको रुपमा संचालनमा ल्याउन लागिएको विद्यालयमा आर्चाय सम्म अध्ययन गर्न सकिने पौडेले बताउनुभयो ।

शहिद परिवारसगँ अन्तरक्रिया

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देवघाट गाउँपलिकामा रहेका शहिद परिवारसगँ अन्तरक्रिया गर्नुभएको छ । सो कार्यक्रममा जनयुद्धका समयमा परिवारका सदस्य गुमाउन पुगेका आफन्तहरुको गुनासो राखेका थिए । अध्यक्ष प्रचण्डले शहिद परिवारलाई राज्यले उचित क्षतीपुर्ती र व्यवस्थापन गर्ने बताउनुभयो । शहिद परिवारले पाउनुपर्ने सेवा सुविधाको लागि आफु गम्भिर रहेको उहाँको भनाई थियो ।

अगुवा कार्यकर्ता भेला

माओवादी अध्यक्ष प्रचण्डले अब यात्रा समृद्ध नेपाल निमार्णको रहेको बताउनुभएको छ । भरतपुरमा अगुवाकार्यकर्तालाई सम्बोधन गर्दै उहाँले अबको ५ बर्षमा देशले काचुली फेर्ने दाबी गर्नुयभो । उहाँले भन्नुभयो–पाटी एकता र सरकार निमार्ण सगंसगै हुन सक्छ । पाटी एकताको लागि लिडरशिप लेभलमा गम्भिरता पुर्वक छलफल अगाडी बढीरहको उहाँको भनाई थियो । सके सम्म सरकार गठन अघि नै पाटी एकताको पक्षमा छलफल चलिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चुनावी प्रचारमा उम्मेदवारले छत खोलेर हिंड्न मिल्ने गाडी प्रयोग गर्न नपाउने

निर्वाचन १३ दिन बाँकी : आयोगले दियो टिकटक बनाएर ५० हजार जित्ने अवसर

माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ

सन् २०२८ मा हुने टी–२० विश्वकप खेल्ने १२ टोलीको टुंगो लाग्यो

चितवन–२ मा उम्मेदवार मिना खरेल: “जनताको उत्साह र सहभागिता सकारात्मक संकेत” (भिडियोसहित)

पश्चिम नवलपरासी–२ मा भरत थापाको दाबी : “नीति सुधार बिना विकास सम्भव छैन, गगन थापा प्रधानमन्त्री बनाउने लक्ष्य”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com