ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाउँपालिकाको उर्दी ‘नो चर्पी, नो सरकारी सुविधा’


admin

वीरगञ्ज, २२ माघ । पश्चिमी पर्साको बिन्दसाविनी गाउँपालिकाले घरमा चर्पी नराख्ने व्यक्तिलाई सरकारी सुविधाबाट वञ्चित गर्ने उर्दी गरेको छ ।

गाउँपालिकाले तीन दिनभित्र आ–आफ्नो घरमा चर्पी नराखेमा सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता, जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्तालगायतका सिफारिश रोक्ने र जरिवानासमेत गर्ने उर्दी गरेको गाउँपालिका सचिव अर्जुनप्रसाद चौहानले राससलाई बताउनुभयो ।

सो गाउँपालिका–५ मा आठ हजार जनसंख्या छ भने उक्त वडामा ९० प्रतिशत घरमा शौचालय भएपनि १० प्रतिशतले शौचालय राख्न आनाकानी गरेपछि गाउँपालिकाले यस्तो कदम चालेको हो । आउँदो चैत महिनासम्ममा पूरै गाउँपालिकालाई दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिइएको जानकारी दिंदै अध्यक्ष श्रीलाल साह कानुले चर्पी नबनाउनेलाई सामाजिक तथा आर्थिक जरिवाना गर्ने भएकाले धमाधम चर्पी बनाउन थालेका छन् भन्नुभयो ।

शुरुमा चेतनाको कमीका कारण गाउँका मानिस खुला चौरमा दिसापिसाब गर्ने गदथे तर अब गाउँपालिकाले कडाइ गर्न थालेपछि सबैले आ–आफ्ना घरमा चर्पी राख्न थालेको वडा नं. ५ की बदरुनेसा खातुनले बताउनुभयो ।

चर्पी बनाउन गाउँपालिकाले चर्पीका लागि आवश्यक पर्ने सिटलगायतका सामग्री उपलब्ध गराउँदै आएको छ । गाउँपालिका दिसामुक्त क्षेत्रका लागि घर घरमा २०७० सालदेखि विभिन्न चेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आए पनि स्थानीयवासीले बेवास्ता गरेकाले गाउँपालिकाले कडाइ गरेको हो ।
वडा नं १ देखि ५ सम्म रहेको सो गाउँपालिकालाई दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिइएको जनाइएको छ । गाउँपालिकाले तीन दिनभित्र शौचालय राख्न उर्दी जारी गरेकाले वडा नं ५ का बासिन्दाले धमाधम चर्पी राख्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com