ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बामदेवले खोले एमाले-माओवादी एकतामा देखिएका जटिलता


एबीसी न्यूज

काठमाडौं, २२ माघ । एमाले उपाध्यक्ष बामदेव गौतमले माओवादी केन्द्रसँगको पार्टी एकतामा केही जटिल समस्याको हल नभएको खुलासा गरेका छन् । पार्टी एकताका लागि सुरुदेखि नै गृहकार्यमा लागेका गौतमले दुई पार्टी मिलाउने काम त्यति सहज नभएकै कारण समस्या आएको र त्यसलाई फुकाउने गृहकार्य जारिरहेको प्रष्ट पारेका हुन् ।

प्रेस चौतारी नेपालको २०औँ स्थापना दिवसमा आयोजित कार्यक्रममा गौतमले केही जटिल समस्या आए पनि त्यस्को गाँठो फुकाउन अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लागिपरेको र चाँडै निकास आउने जानकारी दिए ।

केही समस्या छ, चाँडै मिलाउँछौँ

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताको गृहकार्य भइरहँदा केही जटिल समस्या उत्पन्न भएका छन् । कुनै समस्या नभएको भए धेरै पहिला नै पार्टी एकता हुन्थ्यो । समस्या भएकै कारणले गर्दा नै अहिलेसम्म अड्किएको छ, ती समस्याका गाँठो फुकाउन दुवै अध्यक्ष लागिपर्नु भएको छ, उहाँहरू अहिले यही काममा हुनुहुन्छ । तर, हामीले एकता गर्नुको विकल्प नभएकोले ती समस्याको सहमतिका साथ हल गर्छौं, पार्टी एकताको हात्ती छिरिसक्यो, प्वालमा पुच्छर अड्किएको मात्र हो, अब त्यो पुच्छर अड्काइलाई पनि समाधान गरिन्छ ।

एकता नभए ठूलो दुर्घटना

दुई पार्टीबीचको एकता समानता र सम्मानको आधारमा हुन्छ । एकता भनेकै विचार र काम एक ठाउँमा आउने हुन् । इतिहासको विषय टुंगो नलाग्न सक्छ, कतिपय विषय भविष्यलाई छोड्दिन सकिन्छ । तर, आज गर्ने काम दुई पार्टीको उद्देश्य र लक्ष्य एउटै छ । त्यसैले मिलेर जानुको विकल्प छैन भन्नेमा दुवैतिर प्रष्ट छौँ । एमाले र माओवादीबीच अब एकता नहुने हो भने नेपालको कम्युनिस्ट आन्दोलन, प्रजातान्त्रिक आन्दोलनमा ठूलो दुर्घटना हुन्छ । हामी दुई पार्टी मिल्न सकिएन भने ठूलो मूल्य चुकाउनुपर्नेछ । अहिलेसम्मका सबै उपलब्धी गुम्न पनि सक्छन् । फेरि कम्युनिस्ट पार्टी एक भएर समृद्ध दिने काम नहुन सक्छ । यसो भनिरहँदा एकता भाँडिने अवस्थामा पुगेछ कि भन्ने आशंकाचाहीँ नगरौँ, एकता हुन्छ, दुवै पार्टीका नेतृत्वदेखि कार्यकर्तासम्म सचेत छन् । जनताले अनुमोदन गरिसकेको अवस्थामा केही समस्या आएपछि हल गर्दै अघि बढिन्छ । समस्या छन्, छलफल जारी छ, केही समयको कुरा हो, पार्टी एकता हुन्छ ।

ऐतिहासिक अवसर गुम्छ

एकताको प्रक्रियामा हामी छाँै । एकता हुन्छ–हुन्छ भनेर हामीले भनिरहेका छाँै । भएन भने यो भन्दा ठूलो दुर्घटना नेपालको कम्युनिस्ट आन्दोलनमा केही हुने छैन । हामीलाई उठ्नको निम्ति ज्यादै मिहिनेत गर्नुपर्दछ । मिहिनेत गरेर पनि हुन्छ कि हँुदैन यसै भन्न सकिँदैन । नेपालको आजको कम्युनिस्टको अवस्था चीन, भियतनाम, लाओसलाई छोडेर संसारभरिमा सबभन्दा सशक्त कम्युनिस्ट आन्दोलन हुन्छ । ल्याटिन अमेरिका युरोपको कम्युनिस्टले हाम्रो कम्युनिस्ट आन्दोलनलाई हेर्नेछ । त्यसैले अन्तर्राष्ट्रिय जिम्मेवारी पनि हाम्रो काँधमा आएको छ । माक्र्स, लेनिन, पुष्पलाल, मदन भण्डारीले सोचेको भन्दा फरक किसिमले कम्युनिस्ट आन्दोलन अगाडि गइरहेको छ । नयाँ परिवेशमा हिजो युद्ध लडेर जसरी पँुजीवादीले पराजित गरेका थिए । अहिले हामी एकता हुँदा मुलुक र जनताले सबैथोक पाउँछन् । मिल्न सकिएन भने सबै दुर्घटनाको सिकार हुन्छौँ । ऐतिहासिक अवसर गुम्छ ।

विलय होइन विलिन

पार्टी एकता भनेको दुई पार्टी एकअर्कामा विलय नभएर एकअर्कामा विलिन अर्थात् गाभिएर नयाँ शक्तिशाली पार्टी बन्ने हो । दुई वटा मिलेर नयाँ सामथ्र्यसहित निर्माण हुने हो । यसमा पनि ठूलो पार्टी एमाले धेरै जिम्मेवार हुनुपर्दछ । म आपैmँ संलग्न भएर पार्टी एकता गर्ने घोषणा गरेको हँु । त्यसको निमित्त महत्वपूर्ण भूमिका खेलेको छु, खेलिरहन्छु ।

छैटौँपटकको प्रयासमा एकता

माओवादी केन्द्रसँग जारिरहेको एकता छैटौँपटकको प्रयासस्वरूप हो । यसअघि हामीले थुप्रैपटक एकता प्रयास गरिसकेका छौँ । पहिलोपटक ०६३ मा पार्टीको केन्द्रीय कमिटीले निर्णय गरेर मलाई संयोजक बनाएर माओवादी पार्टीसँग एकता गर्न भनेको थियो । त्यो सदस्यमा विष्णु पौडेल र पछि ईश्वर पोखरेललाई राखिएको थियो । पार्टी एकता गर्न प्रचण्डसित पठाएको थियो । त्यसपछि माओवादीबाट मोहन वैद्य आउनुभयो । वैद्यले पार्टी एकता नहुने निर्णय गर्नुभयो भनेर हामीलाई भन्नुभयो । वैद्यले त्यो पनि कहीँ हुन्छ ? वार्ताका क्रममा छलफल हुँदा मोहन वैद्यले तपाईंको पार्टीसँग विचार, दर्शन, सिद्धान्त, योजना, नीति नै मिल्दैन कसरी एकता हुन्छ ? हामी कहाँ नजाने हो ? त्यो पनि मिल्दैन भन्नुभयो ।

अनि हाम्रो पार्टीका ईश्वर पोखरेलले राखेको कुरामा बखेडा झिक्दै यस्तै होे भने कसरी एकता हुन्छ भनेपछि एकता प्रयास भाँडिएको थियो । दोस्रो पटकको पार्टी एकताको लागि म थिइनँ । अरू जतिपटक भएका छन्, सबैमा सामेल भएको छु । तर, अहिलेको पार्टी एकतामा म छु । कुनै दुर्घटना भएन भने यसपटक छैटौँपटकको प्रयाशमा पार्टी एकता हुन्छ ।

एमाले बढी जिम्मेवार बन्नुपर्छ

भोलि तलमाथि भयो भने सबभन्दा ठूलो पार्टी भएको नाताले एमालेको बढी आलोचना हुनेछ । त्यही भएर एकताका लागि एमाले सबभन्दा बढी गम्भीर भएर लाग्नुपर्दछ । लागिरहेकै छ, अझै लाग्नेछ । पार्टी एकतामा ठूलो जिम्मेवारी एमालेको काँधमा रहेको छ । यो जिम्मेवारी इतिहास, जनता, पुर्खाको तर्फबाट निर्वाह गर्ने हो । विगतमा जे गरिएको छ, त्यो हँुदैन । जसरी बोलिएको छ, त्यसरी हुँदैन । पार्टी एकतामा एमाले सामेल भएकोले एमाले बढी जिम्मेवार हुनुपर्दछ । ठूलो पार्टीको हिसाबले पार्टी एकता गर्ने जिम्मेवारी एमालेको बढी छ । पार्टी एकता गर्दा धेरै दिनका लागि तयार पनि हुनुपर्छ । पार्टी एकता गर्ने जिम्मेवारी माओवादीको पनि हो । ऊ पनि जिम्मेवार हुनै पर्छ ।

केही समयमै ओली प्रधानमन्त्री

अब केही समयपछि नै शासन सञ्चालन गर्ने ठाउँमा एमाले पुग्नेछ । एमालेको अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुनेछ । त्यो जनताको चाहना हो । जनताको त्यो चाहनालाई विदेशीलेसमेत मनन गरिसकेका छन् । यही भएर पार्टी एकता गर्न पार्टीको सम्पूर्ण पंक्ति लाग्नुपर्दछ ।

संविधानको गतल व्याख्या

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगदलाई संविधानको गलत व्याख्या गर्न लगाएर सत्तामा बसिरहेका छन् । नत्र अहिलेसम्म वाम गठबन्धनको सरकार गठन भइसक्थ्यो । दुनियाँभरको चलन प्रतिनिधिसभाले सरकार बनाउने हो । राष्ट्रिय सभाको सरकार बनाउनका लागि एक प्रतिशत पनि भूमिका रहँदैन । तर, संविधानको गलत व्याख्या गरेर राष्ट्रिय सभाको निर्वाचन नभई सरकार बनाउन दिइएन । हामीलाई तुरुन्तै सरकार बनाउनबाट रोकिएको छ । हारिसकेपछि कुर्सी प्यारो भएको छ सरकारलाई । त्यसैले पार्टी एकता भएको छैन भनेर सरकार टाँसिएर बसेको छ ।’

भारतको प्रधानमन्त्रीको सन्देश लिएर भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमण भएको हो । तर, स्वराजलाई मैले विशेष कारणले भेटन पाइनँ । अबको सरकारसँग भारतले राम्रो सम्बन्ध बढाउनका लागि उहाँको भ्रमण भएको हो । संसारमा नभएको काम मोदीले गर्ने गरेका थिए, पाकिस्तानको प्रधानमन्त्रीसँग अंकमाल गरेको घटनाबाटै थाहा पाउन सकिन्छ । मित्रता कायम गर्नका निम्ति भारतीय जनता पार्टी र वाम गठबन्धनले निर्माण गर्ने सरकारसँग भारत सरकारले राम्रो मित्रता कायम गर्न स्वराज आउनुभयो हो । नेपालको भावी सरकारसँग भारत सरकारले राम्रो व्यवहारको सुरुआत गर्दै मित्रताको हात राम्रो बढाउनका लागि गरिएको सन्देश हो । भारतसँग जेजति समस्या छन्, मित्रतापूर्वक हल गर्न यो भ्रमण भएको हो । सौर्य दैनिक बाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com