ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोली हुने प्रदेशसभा बैठकको पूर्वाभ्यास गरियो


एबीसी न्यूज
माघ २१, २०७४ आईतबार   ६ : ५५   बजे

विराटनगर, २१ माघ । सोमबार हुने प्रदेश नं १ को पहिलो बैठकका लागि आज जिल्ला समन्वय समितिको सभाकक्षमा पूर्वाभ्यास बैठक सञ्चालन गरियो ।

सो अवसरमा प्रदेश ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीले सभा सञ्चालन गर्नुभयो । उहाँले प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङबाट प्राप्त पत्र सुनाउँदै प्रदेशसभा सदस्यलाई स्वागत गर्दै बैठक सञ्चालन गर्नुभयो ।

सो अवसरमा ज्ञात अज्ञात शहीदको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । ज्येष्ठ सदस्य सरावगीले प्रदेशसभा सञ्चालन आन्तरिक विधि पारित गर्न सदस्यहरुलाई आह्वान गर्नुभयो ।

उहाँले यही माघ २९ गते हुने प्रदेश सभामुख निर्वाचनका लागि आज सूचना जारी गर्न प्रदेश सचिवालयलाई आह्वान गर्दै आगामी माघ २९ गतेसम्मका लागि सदन स्थगित गरिएको जानकारी गराउनुभयो ।

पूर्वाभ्यास बैठकमा प्रदेशसभा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रदेश सचिवालयका कर्मचारी, जिल्ला समन्वय समितिका कर्मचारी र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

सोही अवसरमा प्रदेशसभा सञ्चालनका क्रममा आइपर्ने विभिन्न बाधा व्यवधानको समस्या समाधान गर्न मर्यादापालकले गर्नुपर्ने कार्य सम्बन्धमा पनि पूर्वाभ्याससमेत गरिएको थियो ।

दुलहीझैँ सिँगारियो सभा भवन

प्रदेश नं १ को पहिलो अधिवेशनको भव्य तयारी गरिएको छ । विराटनगरस्थित जिल्ला समन्वय समितिको सभा भवनमा भोलि अपराह्न १ बजेदेखि अधिवेशनको शुभारम्भ हुनेछ । सो सभा भवनमा पहिलो अधिवेशन सञ्चालनका लागि तयारी पूरा भइसकेको संसद् सचिवालयका सहसचिव धु्रव घिमिरेले जानकारी गराउनुभयो ।

प्रदेशसभा भवनको माथिल्लो भाग अर्थात रोस्टममा कार्पेट बिछ्याएर सभामुख, संसद् सचिव र कार्य व्यवस्थाको कुर्सी राखिएको छ ।

रोस्टमको मुनि भागमा निलो कार्पेट बिछ्याएर संसद् सदस्यको कुर्सी राखिएको छ । दुलहीझैँ सिँगारिएकोे सभा भवनमा एकातर्फ सत्तापक्ष र अर्कोतर्फ प्रतिपक्षको कुर्सी राखिएको छ । त्यसको पछाडिको भागमा सञ्चारकर्मीको लागि कुर्सीको व्यवस्था गरिएको छ ।

सभा भवन परिसरको सुरक्षाको व्यवस्था पनि चुस्त गरिएको छ । भवनको प्रवेशद्वारमा ‘मेटल डिटेक्टर’को पनि व्यवस्था गरिएको छ ।

सभा भवन साघुँरो भएकाले सञ्चारकर्मीलगायत आमन्त्रित व्यक्तिका लागि परिसरमै बस्ने व्यवस्था मिलाउन लागिएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी गराउनुभयो । परिसरबाट टिभी वा प्रोजेक्टरमार्फत प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के बालेन र रवि फुटदैछन ? रास्वपा नेता, ढुंगाना भिडियो

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकप २०२६ : स्विडेन र जर्मनी चम्किंदा इक्वेडर स्तव्ध, नाटकीय पुनरागमन र अन्तिम क्षणका नायकहरू

के बालेन र रवि फुटदैछन ? रास्वपा नेता, ढुंगाना भिडियो

खोटाङको गाउँदेखि विश्वकै अग्रणी फिनटेक कम्पनीसम्म : छात्रवृत्तिले बदलेको दीपेश कार्कीको जीवन

बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

तियानजिन फेसन विकमा मानवसदृश रोबोटद्वारा रचनात्मक उद्घाटन नृत्य प्रदर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group