ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश संरचना : जनशक्ति र सवारीसाधन व्यवस्थापनमा चटारो


admin
माघ २०, २०७४ शनिबार  ४ : ०४ बजे

मकवानपुर, २० माघ ।  प्रदेश नं ३ को प्रदेशसभा र प्रदेश सरकारले नेतृत्व पाउने दिन नजिकिए पनि दुवैका सचिवालयमा जनशक्ति र सवारीसाधन व्यवस्थापनमा अन्योल देखिएको छ ।

प्रदेशसभा र प्रदेश सरकारका मन्त्रालयका लागि हाललाई अस्थायी कार्यालय खडा गरिए पनि ती कार्यालयमा केन्द्रको सामान्य प्रशासनबाट खटिने सबै जनशक्ति आइसकेका छैनन् भने मुख्यमन्त्री, सभामुख र मन्त्रीहरुले प्रयोग गर्ने सवारीसाधनको खोजी भइरहेको छ । यसको व्यवस्थापन गर्न सम्बन्धित सचिवालयलाई हम्मेहम्मे परिरहेको छ ।

नयाँ सवारीसाधन ल्याउन बजेट र समय लाग्ने भएकाले हाल केन्द्र सरकारले दिने वा प्रादेशिक कार्यालयबाट मिलाउने भन्ने विषयमा अन्तर निकाय परामर्श चलिरहेको छ ।

प्रदेश नं ३ को प्रदेशसभा सभामुखको निर्वाचनको मिति यही माघ २७ का लागि तय भइसकेको छ भने आउँदो फागुन पहिलो साताभित्र प्रदेश सरकार गठन भइसक्नु पर्नेछ ।

यही माघ १८ गते प्रदेशसभामध्येकै पहिलो बैठक क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा सम्पन्न भई यही माघ २७ गतेका लागि सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक भएकामा आफूहरु त्यसको तयारीमा रहेको तर सभामुख निर्वाचित भएपछि उहाँले प्रयोग गर्ने स्थायी सवारीसाधनको टुंगो नलागेको प्रदेश संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डेले बताउनुभयो ।

प्रमुख सचिव पाण्डेले भन्नुभयो, “जनशक्तिको त आवश्यकता छँदैछ, नयाँ सरकार गठनपछि मन्त्रीले प्रयोग गर्ने गाडी खोज्नु झन चुनौतीपूर्ण बनेको छ, हामी त्यसको व्यवस्थापनमा लागिरहेका छौँ ।”

हाललाई प्रमुख जिल्ला अधिकारीले सभामुखका लागि एक पजेरो गाडी उपलब्ध गराउने तय भए पनि स्थायी सवारीसाधन व्यवस्थापन गर्न गाह्रो देखिएको छ । प्रदेशसभा सचिवालयमा हाल संघीय संसद्सभाबाट काजमा गएका पाँच र जिल्लास्थित कार्यालयबाट खटिएका न्यून कर्मचारी छन् । संघीय संसद्का कर्मचारी बढीमा एक महिनाका लागि मात्र यहाँ बस्नेछन् । प्रदेश संसद् सचिवालयमा हाल २८ कर्मचारीको दरबन्दी स्वीकृत गरिएको छ ।

प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयमा प्रमुख सचिवका रुपमा शुक्रबार साविक जिल्ला समन्वय समितिको कार्यालयमा बहाली गर्नुभएका प्रमुख सचिव रेश्मीराज पाण्डेले सामान्य प्रशासन मन्त्रलयबाट काजमा आउने कर्मचारीको प्रतिक्षा भइरहेको जानकारी दिनुभयो । प्रदेश सरकारका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिवका रुपमा रमेश शिवाकोटी (सहसचिवस्तर) ले जिम्मेवारी सम्हाल्नुभएको छ भने अन्य मन्त्रालयका लागि सचिव र कर्मचारीको व्यवस्थापन भएको छैन ।

केन्द्र सरकारका कर्मचारीको तुलनामा सोही तहका भए पनि प्रदेश सरकारको मर्यादाक्रममा तल पारिएका कर्मचारी काजमा जान अनिइच्छुक भएको समेत पाइएको छ । प्रदेशमा पाँच मन्त्रालय रहेको करिब टुंगो भएकोमा एकबाहेक अन्यमा सचिव बहाली हुन सकेको छैन । ती मन्त्रालयमा कर्मचारी दरबन्दी संख्या पनि स्पष्ट भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चितवन–२ मा उम्मेदवार मिना खरेल: “जनताको उत्साह र सहभागिता सकारात्मक संकेत” (भिडियोसहित)

पश्चिम नवलपरासी–२ मा भरत थापाको दाबी : “नीति सुधार बिना विकास सम्भव छैन, गगन थापा प्रधानमन्त्री बनाउने लक्ष्य”

चितवन–३ मा एमालेको एक्लै प्रतिस्पर्धा : ‘अब आफ्नै जनमत मापन गर्ने बेला’ (भिडियो सहित)

पश्चिम रुकुममा रोचक भिडन्त : ‘पार्टीले जितेको क्षेत्र’ कि ‘व्यक्तिको प्रभाव’ ? (भिडियो सहित)

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com