ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक सय चौबन्न वर्षपछि नेपाली चियाले पायो आफ्नै पहिचान


admin

इलाम, २० माघ । नेपालमा चिया खेती शुरु भएको झण्डै १५४ वर्षपछि नेपाली अर्थाेडक्स चियाले आफ्नै पहिचान पाएको छ ।

चिया तथा कफी विकास बोर्ड, चिया उत्पादनसँग सम्बन्धित संघसंस्था र चियाविज्ञको लामो प्रयासपछि नेपाली अर्थोडक्स चियाले आफ्नो लोगो (ट्रेडमार्क) पाएको हो ।

हिमालको आकृतिसँगै ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ लेखिएको लोगो नेपाली चियाले पाएको छ । यसअघि नेपाली अर्थोडक्स चिया दार्जिलिङको लोगोमा अन्तर्राष्ट्रिय बजारमा निर्यात भइरहेको थियो ।

कृषि विकास मन्त्रालयले हिमालय टी प्रोड्युसर्स एशोसिएशन (होड्पा) र चिया तथा कफी विकास बोर्डको सहयोगमा लोगो र लोगो कार्यान्वयन निर्देशिका कार्यान्वयनमा ल्याएको हो । तर, लोगो प्रयोग गर्नु र यसलाई स्थापित गर्नु धेरै चुनौती रहेको लोगो तथा निर्देशिका निर्माणमा संलग्न चियाविज्ञ चन्द्रभूषण सुब्बा बताउनुहुन्छ ।

विसं १९२० मा इलामबाट शुरु भएको चियाखेती अहिले देशका ४४ जिल्लामा फैलिसकेको छ । तत्कालीन इलामका बडाहाकिम गजराजसिंह थापाले इलाममा चियारोपण गर्नुभएको थियो । त्यसपछि विसं १९३५ मा कारखाना स्थापना गरेर यहीबाट चिया उत्पादनसमेत शुरु भएको थियो । नेपालकै सबैभन्दा पुरानो र ऐतिहासिक चिया कारखाना पनि इलाममा छ ।

चियाले आफ्नै पहिचान बनाएपछि चिया खेतीमा संलग्न किसान हर्षित भएका छन् । लोगो कार्यान्वयनका लागि मन्त्रालयले नेपाली अर्थोडक्स चिया सर्टिफिकेशन ट्रेडमार्क कार्यान्वयन निर्देशिका २०७४ जारी गरेको छ । निर्देशिकाले लोगो प्रयोग गर्नका लागि पूर्णरूपमा अग्र्यानिक चिया उत्पादन हुनुपर्ने प्रावधानसँगै केही निश्चित मापदण्डसमेत निर्धारण गरेको छ ।

लोगो प्रयोग गर्न चाहने चिया उत्पादकले निवेदन दिएपछि लोगो प्रयोगको प्रक्रिया अघि बढ्ने निर्देशिकामा उल्लेख छ । “लोगो प्रयोग गर्न चियाको गुणस्तरदेखि कामदारको रोजगारीको सुरक्षा र वातावरण संरक्षणसम्मको मापदण्ड पूरा गर्नुपर्छ, चियाविज्ञ सुब्बा भन्नुहुन्छ– “लोगो र निर्देशिका स्वीकृत भयो, अब नेपाली चियाले अन्तर्राष्ट्रिय बजार लिन्छ ।”

लोगोलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गराउनका लागि अग्र्यानिक र गुणस्तरीय चिया उत्पादन गर्नुपर्ने उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा लोगो स्थापित भएमा नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्य पाउने र त्यसको प्रत्यक्ष लाभ किसानले पनि पाउने भएकाले सबैले लोगो कार्यान्वयनमा जोड दिनुपर्ने सुब्बाले बताउनुभयो ।

लोगोलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउनका लागि सगरमाथा बेस क्याम्पमा उद्घाटन गर्ने तयारी भइरहेको छ । विश्वका ठूला क्रेता र विश्वका पत्रकारलाई सगरमाथाको बेस क्याम्प पु-याएर अप्रिलमा लोगो उद्घाटन गर्ने तयारी भइरहेको होड्पाले जनाएको छ ।

अप्रिल ६ तारिखदेखि तीन दिनसम्म काठमाडौँमा चिया सम्मेलन हुँदैछ । लोगो कार्यान्वयनमा उत्पादकदेखि किसानसम्म अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) र होड्पाले विभिन्न अन्तरक्रिया कार्यक्रम गरिरहेका छन् । इलाम, झापा, पाँचथर, धनकुटा तेह्रथुम, ललितपुरमा चिया किसान र उत्पादकसँग लोगो प्रयोग र यसले उत्पादक र किसानलाई हुने फाइदाको विषयमा जानकारी गराउन थालिएको छ ।

पछिल्लो समय ललितपुर, रामेछाप, कास्कीको पोखरामा पनि चियाखेती गर्न थालिएको छ । केन्द्रीय चिया सहकारी संघ इलामका अनुसार नेपालमा ९० हजारले चियाबाट रोजगारी पाएका छन् भने २० हजारभन्दा बढीले चियाको व्यावसायिक खेती गरेका छन् ।

नेपालमा निजी क्षेत्रबाट ६७ प्रतिशत र सरकारी क्षेत्रबाट ३३ प्रतिशत चिया उत्पादन हुन्छ । संघका अनुसार नेपालमा उत्पादित चिया १० प्रतिशत मात्रै नेपालमा खपत हुने गरेको छ भने बाँकी ९० प्रतिशतमध्ये पनि पाँच प्रतिशत युरोपियन देशमा निर्यात हुने गरेको छ ।

चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा आव २०७३÷७४ मा २७ हजार ६८८ हेक्टर जमिनबाट दुई करोड ४२ लाख ७३ हजार ७४४ किलोग्राम चिया उत्पादन भएको थियो । बोर्डका अनुसार देशकै सबैभन्दा बढी चिया उत्पादन हुने जिल्लामा झापा, इलाम, पाँचथर र तेह्रथुम पर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com