ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला सांसद भन्छन्- ‘महिलाको प्रतिनिधित्व बढेकोमा खुशी छौं’


admin
माघ २०, २०७४ शनिबार  ३ : ५४ बजे

धनगढी, २० माघ । उमाकुमारी वादी सांसद बन्नेछिन् भन्नेमा कसैलार्ई पत्यार थिएन । तर राजनीतिमा आएको परिवर्तनसँगै नेपालकोे संविधान बमोजिम गरिएको राज्य पुनःसंरचनाले संघर्षशील महिला नेत्री उमाकुमारी वादीलाई प्रदेशसभामा जनताको प्रतिनिधिको रुपमा प्रतिनिधित्व गर्ने सफलता मिलेको छ ।

कुनै समयमा नेपाली समाजले वादी समुदायका व्यक्तिलाई तल्लो दर्जाको रुपमा हेर्ने गरिन्थ्यो । कतिपय ठाउँमा अझै पनि यो प्रवृत्ति पूर्ण रुपमा हटिसकेको छैन । नेपाली काँग्रेसको तर्फबाट समानुपातिक कोटामा सांसद बनेर पहिचान बदल्न सफल कैलाली जिल्ला निवासी उमाले भन्नुभयो— “समय परिवर्तनले कोल्टे फेर्दै सीमान्तकृत वादी समुदायको व्यक्तिलाई सांसदको जिम्मेवारीमा पु-याउदा न्याय भएको महसुस भएको छ ।”

उपल्लो भनिएका जातीहरुको घर÷घरमा पुगेर नाचगान गरेर हुने नगद कमाइ र अन्नको जोहो गरेर जीवनयापन गर्नु यो समुदायको दिनचर्या हुने गरेको थियो । यद्यपि अझै पनि यस्तो पवृत्ति र चलन कहिकतै कायमै रहेको पाईन्छ ।

‘अब वादी समुदायको हक हितका लागि प्रदेशसभामा लड्न तयार छु, दशवर्ष अघि काठमाडौँमा भएको वादी आन्दोलनको नेतृत्व गर्नुभएकी उमाले भन्नुभयो–“सांसदको रुपमा भूमिका निर्वाह गर्दा भने ७ नम्बर प्रदेशको विकास र समृद्धिका लागि पनि भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।”

संविधानमा भएको व्यवस्था बमोजिम पहिलो पटक ७ नम्बर प्रदेशसभामा महिलाको प्रतिनिधित्व पनि बढेको छ । प्रदेशसभाका लागि भएको निर्वाचनमार्फत् निर्वाचित भएका ७ नम्बर प्रदेशका ५३ सांसदमध्ये १८ जना महिलाले सांसद बन्ने अवसर पाउनुभएको छ । यो कुल सदस्य संख्याको करिब ३४ प्रतिशत रहेको छ ।

प्रदेशसभा सदस्यमा बझङ जिल्लाबाट प्रत्यक्ष निर्वाचनमा निर्वाचित सांसद देवकी मल्ल महिलाको प्रतिनिधित्व बढेकोमा खुशी व्यक्त गर्दै महिला अधिकार, महिला सशक्तिकरण लगायतका महिलाका मुद्दा सम्बोधन गर्न संसद्मा नीति नियम बनाउन अब सहज हुने बताउनुहुन्छ ।

‘राज्यका तहमा महिलाको प्रतिनिधित्व पहिलेको तुलनामा बढ्दा नयाँ र ऐतिहासिक परिवर्तनको अनुभूति भएको छ, प्रदेशमा प्रत्यक्ष निर्वाचन जित्ने एक्लो महिला सांसद मल्लले भन्नुभयो–“अझै पनि महिलाको प्रतिनिधित्व ५०÷५२ प्रतिशतसम्म पु-याउनुपर्छ र यसका लागि आन्दोलन जरुरी छ ।”

एमालेकी समानुपातिक सांसद सुशीला बुढाथोकीले सांसदको भूमिकामा बस्दा महिला हकअधिकारका कुरालाई सशक्त ढंगले उठाउने बताउनुहुन्छ । “महिला सशक्तिकरणको आवाज उठाउने कुरा त छदैंछ, बुढाथोकीले भन्नुभयो—जनप्रतिनिधिको रुपमा काम गर्दा सबै जनताको लागि काम गर्नुपर्छ ।”

कुन दलको कति महिला सांसद 

यो प्रदेशमा नेकपा (एमाले)बाट माया भट्ट, मनाकुमारी साउद, पूर्णा जोशी, माया तामाङ(बोहरा), सुशीला बुढाथोकी, चुनकुमारी चौधरी, अर्चना गहतराज, र दुर्गाकुमारी कामी गरी आठजना सांसद हुनुहुन्छ ।

यस्तै नेकपा (माओवादी केन्द्र)बाट निर्मला बडाल(जोशी), कुन्ती जोशी, विनितादेवी चौधरी, शान्ति नेपाली र देवकी मल्ल गरी पाँच तथा नेपाली काँग्रेसबाट दिश्यश्वरी शाह, अम्बिकुमारी थापा, कुमारी नन्दा बम र उमाकुमारी वादी गरी चार जना सांसद हुनुहुन्छ । यसैगरी राष्ट्रिय जनता पाटीबाट मालामति रानाथारु प्रदेशसभा सांसद हुनुहुन्छ ।

समुदायको प्रतिनिधित्व 

समुदायको हकमा प्रदेश नम्बर ७ मा एमालेबाट खस आर्य समुदायका पाँच, दलित समुदायका दुई र चौधरी (थारु) समुदायका एक महिला सांसद हुनुहुन्छ ।

यसैगरी काँग्रेसबाट खस आर्यका तीन र दलितका एक जना, माओवादी केन्द्रबाट खस आर्यका तीन, चौधरी थारुका एक र दलितका एकजना तथा राजपाबाट एकजना राना थारुका महिला सांसद हुनुहुन्छ ।

सभामुख, उप सभामुख, मन्त्रीको चर्चामा रहेका महिला सांसद 

नेकपा एमालेका तर्फवाट डोटी जिल्लाबाट समानुपातिक कोटामा निर्वाचित सांसद पूर्णा जोशी प्रदेशसभाको सभामुख बन्ने चर्चामा हुनुहुन्छ ।

बैतडीबाट समानुपातिक कोटामा एमालेबाट निर्वाचित माया भट्ट र कैलालीबाट निर्वाचित चुनकुमारी चौधरी मन्त्री बन्ने दौडमा रहेको चर्चा छ । नेकपा माओवादी केन्द्रकी बझाङबाट प्रत्यक्ष निर्वाचित सांसद देवकी मल्ल उप सभामुख बन्ने चर्चामा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चितवन–२ मा उम्मेदवार मिना खरेल: “जनताको उत्साह र सहभागिता सकारात्मक संकेत” (भिडियोसहित)

पश्चिम नवलपरासी–२ मा भरत थापाको दाबी : “नीति सुधार बिना विकास सम्भव छैन, गगन थापा प्रधानमन्त्री बनाउने लक्ष्य”

चितवन–३ मा एमालेको एक्लै प्रतिस्पर्धा : ‘अब आफ्नै जनमत मापन गर्ने बेला’ (भिडियो सहित)

पश्चिम रुकुममा रोचक भिडन्त : ‘पार्टीले जितेको क्षेत्र’ कि ‘व्यक्तिको प्रभाव’ ? (भिडियो सहित)

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com