काठमाडौं, १९ माघ । सुर्खेत बाट प्रहरीले ४० किलो अवैध लागुऔषधबाट चरेशसहित २ जनालाई पक्राउ गरेको छ ।
६ नम्बर प्रहरी अनुसन्धान ब्युरो र संघिय प्रहरी इकाई कार्यालय नेपालगन्जबाट खटिएको टोलिले सिम्ता गाउँपालिका वडा नम्बर ६ बाट शुक्रबार अवैध चरेशसहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जाजरकोट बारेकोट गाउँपालिका १ का अम्मर बहादुर शाही र सल्यान बनगाड कुपिण्डे नगरपालिका १ बस्ने जीवन बस्नेत रहेको ६ नम्बर प्रदेश प्रहरी प्रमुख एआईजी रणबहादुर चन्दले जानकारी दिनुभयो ।
उहाँका अनुसार भेरी नदीको किनारमा चरेशको कारोवार हुदै छ भन्ने बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलिले ४० किलो अवैध लागुऔषध चरेशसहित २ जनालाई पक्राउ गर्न सफल भएको हो ।
उनीहरुलाई अवैध चरेशसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइएको छ । केही दिनअघि मात्र रोल्पाको थवाङ गाउँपालिका ३ घर्तिगाउँबाट ५० किलो अवैध लागुऔषध चरेशसहित प्रदेश नम्बर ५ प्रहरी कार्यालयको विषेश ब्युरोले २ जनालाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्