लुम्बिनी १९ माघ । लुम्बिनीको पर्यटन प्रबद्र्धनका लागि बुद्धचारधामको यात्रा लुम्बिनी बाट शुरु गरिनुपर्नेमा जोड दिईएको छ । शुक्रबार पर्यटन प्रबद्र्धनकेन्द्र तथा लुम्बिनी बिकास कोषको संयुक्त आयोजनामा गरिएको बिचार गोष्ठीमा सहभागीहरुले सो कुरा बताएका हुन् ।
पर्यटन प्रबद्र्धनका लागि बौद्ध परिपथको महत्व नामक बिचार गोष्ठीमा बोल्दै रुपन्देही निर्बाचन क्षेत्र नं. ६ ख को प्रदेशसभा सदस्य फकरुद्दीन मुसलमानले बौद्धधर्मालम्बीहरुको आस्थाकेन्द्र लुम्बिनी भएको कारण पर्यटकहरुको लुम्बिनी बसाई लम्ब्याउनु पर्ने बताए ।
उनले भने,’ ईस्लाम धर्मालम्बीहरुको मक्का जस्तै बिश्वकै बौद्धधर्मालम्बीहरुको आस्थाकेन्द्र लुम्बिनी हो । मक्का जाँदा सो यात्रा पूरा गर्न निश्चित समयका लागि भीसा तोकिन्छ । त्यस्तै बौद्धचारधाम तीर्थ यात्रीहरुलाई पनि लुम्बिनी बसाईको समय सीमा तोकियो भने लुम्बिनमा पर्यटकको बसाई लम्बयाउन सकिन्छ ।’
कार्यक्रममा लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेइयले बौद्ध तीर्थयात्रीहरुलाई लुम्बिनीबाट बौद्धचारधाम यात्रा शुरु गरि पुनः लुम्बिनीमै समापन गर्ने राष्ट्रीय नीति पारित गर्नुपर्ने बताए । उनले सरोकारवालालाई बिश्वमा बजारीकरण गर्न लगाउनु पर्ने पनि बताए ।
समारोहमा लुम्बिनी बिकास कोषका निमित्त सदस्यसचिव सरोजभट्टराई, रबिजंग पाण्डेय,रुपन्देही उद्योग संघ पर्यटनशाखा प्रमुख गोबिन्द ज्ञवालीको उपस्थिती थियो । त्यस्तै लुम्बिनी होटेल ब्यवसायी संघ अध्यक्ष मिथुनमान श्रेष्ठ,लुम्बिनी पर्यटन ब्यवसायी संघ अध्यक्ष हुसेनी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्