ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नगरपालिकाको नयाँ कानुन


admin

बुटवल, १८ माघ । स्थानीय तहलाई प्राप्त अधिकार प्रभावकारी तवरले कार्यान्वयनमा ल्याउने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विभिन्न कानून निर्माण गरेको छ ।

स्थानीय तहमा लामो समयदेखि कानूनी पूर्वाधारका अभावमा अपेक्षाकृत रुपमा सक्रिय भएर अगाडि बढ्न नसकेको अनुभवका आधारमा संविधानले व्यवस्था गरेबमोजिम नगरपालिकाको यही माघ ८ देखि १४ गतेसम्म चलेको नगरसभाले नौ कानून निर्माण गरेको हो ।

नगरसभामा सदस्यबाट व्यक्त भएका विचार, निजहरूको कार्यानुभूति, स्थलगत अनुगमन, अन्य निकायद्वारा निर्माण भई कार्यान्वयनमा आएका कानूनको व्यावहारिक अनुभव समेतलाई आधार मानी कानुन निर्माण गरिएको नगरपालिकामा आज आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिनुभयो ।

नगरपालिकाले यसअघि नै विभिन्न ऐन, नियम र कार्यविधि जारी गरी कार्यान्वयनमा ल्याएको थियो ।

नगरपालिकाले नगरपालिकाका केही कानून तर्जुमा र व्यवस्थापन गर्न बनेको ऐन, केही सार्वजनिक लिखत प्रमाणीकरण र प्रकाशन (कार्यविधि) ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, एफएम रेडियो (व्यवस्थापन तथा सञ्चालन) कार्यविधि ऐन, , तिलोत्तमा नगरपालिकाको सहकारी ऐन, तिलोत्तमा नगरपालिकाका शिक्षा नियमावली, तिलोत्तमा नगरपालिकाको बजार अनुगमन निर्देशिका, र नगर कार्यपालिका (कार्य विभाजन) नियमावली, २०७४ जारी गरेको छ ।

यसलगत्तै अन्य केही महत्वपूर्ण कानून निर्माणका चरणमा रहेको नगरप्रमुख घिंमिरेले जानकारी दिनुभयो । उक्त कानूनका मस्यौदालाई नगर कार्यपालिकाद्वारा विभिन्न मितिमा गठन भएका विभिन्न विषयगत समितिसँग छलफल र अन्तरक्रिया गरी परिमार्जनसहित विधायन समितिमा छलफलका लागि पेश भई दफावार छलफलबाट सर्वसम्मतिले पारित गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com