ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशको राजधानी कहाँ राख्ने भन्नेमा सांसदको फरक फरक प्रतिक्रिया


admin

हेटौँडा, १८ माघ । प्रदेश नं ३ को प्रदेशसभाको पहिलो बैठकमा उपस्थित सांसदले प्रदेशको राजधानी कहाँ राख्ने भन्ने विषयमा फरक फरक प्रतिक्रिया दिनुभएको छ ।

सरकारले प्रदेश नं ३ को अस्थायी मुकामका रुपमा मकवानपुरलाई तोकेको छ । स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभामा रहन्छ । नेकपा (एमाले) का उपाध्यक्ष तथा प्रदेश सांसद् अष्टलक्ष्मी शाक्यले सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेशको राजधानीको विषयमा भन्नुभयो, “हेटौँडा हरेक किसिमले सुन्दर छ, पहिला अस्थायी राजधानी तोक्दा अलि असहज लागे पनि अहिले सबै खुशी छन् तर पार्टीले यसमा आधिकारिक धारणा बनाइसकेको छैन ।”

नेकपा (माओवादी केन्द्र)का शालिकराम जमरकट्टेलले हेटौँडालाई प्रदेश राजधानीको लागि उपयुक्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यको लगानी यहाँ भइसकेको छ, र पूर्वाधार पनि बन्ने क्रममा छ, त्यसैले मेरो मत यहीँ राजधानी राखिनुपर्छ भन्ने हो ।” माओवादी केन्द्रकै राधिका तामाङले आफ्ना लागि हेटौँडा राजधानीको पायक नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले के सोचेर अस्थायी मुकाम तोक्यो बुझ्न सकेको छैन, यहाँ राजधानी हुनु हुँदैन ।”

नेपाली काँग्रेसका इन्द्रबहादुर बानियाँले पहिलो पटक भएको संसद् बैठक गृह जिल्लामा हुनाले उत्साहित बनाएको बताउनुभयो । उहाँले अस्थायी मुकाम हेटौँडामा तोकिनु सरकारकोे वैज्ञानिक निर्णय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशको राजधानी हेटौँडा हुँदा आर्थिक हिसाबले पनि प्रगति हुन्छ किनकि यो आर्थिक नाका हो ।”

जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुका कर्मचारी लक्ष्मण दाहालले पहिलो पटक संसद्को बैठक हेर्दा सिंहदरबार हेटौँडामा आएको अनुभव भएको सुनाउनुभयो ।

नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष नवराज शर्माले बैठकले दर्शक स्रोतादेखि सांसदसम्मलाई कौतुहलता दिलाएको बताउनुभयो । “हामी सबैमा अब के हुन्छ भन्ने जिज्ञासा अन्तिम समयसम्म कायम रह्यो, हामीलाई कार्यतालिका थाहा भए पनि बिल्कुलै नौलो लाग्यो र कौतुहल कायमै रह्यो”, उहाँले थप्नुभयो, “यो बैठकले हामीलाई सभ्य र ‘सिस्टम’ नि सिकाएको छ ।”

मकवानपुरका सञ्चारकर्मी राममणि दाहालले बैठकले मुलुक संरचनामा गएकोे र संघीयता प्राप्त भएको महसुस दिलाएको बताउनुभयो । उहाँले यो क्षणलाई ऐतिहासिक रुपमा ग्रहण गरिएको समेत बताउनुभयो । उहाँले भन्नुभयो “अब भने हामी संघीयतामा गयौँ भन्ने महसुस यो बैठकले प्रत्याभूत गरायो ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com