ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एउटै समूहबाट पटकपटक आक्रमणको प्रयास भयो : ओली


एबीसी / संवाददाता
बैशाख १८, २०८० सोमबार  ६ : १४ बजे

काठमाडौँ, १८ वैशाख । नेकप (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई आक्रमणको प्रयास गरिएको बताएका छन् । ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा अखिल नेपाल किसान महासंघको ७३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले आफूमाथि निरन्तर आक्रमणको प्रयास भए पनि सरकार आक्रमणकारीलाई पक्रेर केही गर्न नसकेको बताए ।

उनले आक्रमणकारीले धकेल्दा पनि प्रहरी प्रशासन केही नगरेको बताए । अध्यक्ष ओलीले २०–२५ जना केटाको एउटै समूहले आफूलाई झापा, इलाम, पाँचधरमा आक्रमणको प्रयास गरेको बताए । “हरेक ठाउँमा उनीहरूले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रुख ढालेर छेक्न खोज्ने, कहीँ ढुंगा हान्ने, कहीँ भिडन्त गर्न आउने । त्यसप्रकार उनीहरूले अनेक ठाउँमा आक्रमण गरे । त्यो खालको उद्दण्डतामा सरकारले उनीहरूलाई केही गर्न सकेन”, उनले भने ।

आफूहरूविरुद्ध अश्लील, असभ्य, त्यस्ता खालका गालीगलौज गर्ने कुराहरू भएको छ भन्दै उनले भने, “त्यो म आफैँले देखेर, भोगेर आएको छु ।” कोही कम्युनिस्टको नाममा, कोही के कामका नाममा खोल ओढेर एमालेका विरुद्ध उत्रिएको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले किसान नेतालाई काममा प्रतिस्पर्धा गर्न आग्रह गरे । उनले काम नगरेपछि पदमा प्रतिस्पर्धा हुन थालेको भन्दै काम गरेपछि पदमा लडाइँ नहुने धारणा राखे । उनले किसानको नेताले परिचयपत्र देखाउन नपर्ने बताए ।

“किसान महासंघको नेताले परिचयपत्र देखाउनु पर्दैन । उसको घरमा जाँदा बालीनाली हेर्दा किसान महासंघको नेता हो भनेर चिन्नुपर्दछ,” उनले भने, “धेरै भिण्डी, ठूलो लौका, ठूलो फर्सी लामो घिरौँला फल्ने र जातअनुसारका गाईले धेरै दुध दिनुपर्दछ । तब मात्र किसान नेता हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भदौ २३ र २४ को हिंसात्मक घटनामा नेपाली सेनाको भूमिका शंकास्पद : कार्की आयोगको कडा ठहर (विस्तृत)

२६वर्ष पछि कांग्रेसले आफनो विरासत फर्कायो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

‘काठमाडौं महानगरमा समुदायमा आधारित रोग निगरानी प्रणाली शुरु’

U.S. Congratulates Rabi Lamichhane After Landmark Electoral Victory

भदौ २३ र २४ को हिंसात्मक घटनामा नेपाली सेनाको भूमिका शंकास्पद : कार्की आयोगको कडा ठहर (विस्तृत)

२६वर्ष पछि कांग्रेसले आफनो विरासत फर्कायो

श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा हराएको निवेदन

युद्ध तपाईंले सोचेभन्दा राम्रो चलिरहेको छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com