ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देश बदल्न अब एजेण्डा बदल्नुपर्छ : उपाध्यक्ष पाण्डे


एबीसी / संवाददाता

गोरखा, ३० चैत । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देश बदल्न अब एजेण्डा बदल्नुपर्ने बेला आएको बताएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन गोरखाको आयोजनामा गोरखा सदरमुकाममा आयोजित ४४औँ शिक्षक दिवस कार्यक्रमको उद्घाटन समारोहमा उनले साँच्चै राजनीतिक दलहरूले देश बदल्ने हो भने सबैले आ–आफ्नो एजेण्डा बदल्नुपर्ने बेला भएको बताए ।

उनले देशमा गणतन्त्र आइसकेपछि परिस्थिति बदलिएको भन्दै दलले पनि अब पुराना एजेण्डा बोकेर हिँडेर देशलाई नयाँ ठाउँमा पुर्‍याउन नसक्ने उल्लेख गरे ।

अहिले चर्चामा भएजस्तो नेपालको अर्थतन्त्र खराब अवस्थामा पुगिनसकेको उपाध्यक्ष पाण्डेको भनाइ छ । “अर्थतन्त्रको अवस्था खराब म देख्दिनँ”, उनले भने, “अर्थतन्त्र बिग्रियो भन्नेभन्दा पनि मान्छेको आवश्यकता र चाहना बढेको हो ।”

उपाध्यक्ष पाण्डेले शिक्षा क्षेत्रमा लगानी बढाउन सकेमात्र देशको विकास र समृद्धि छिटो हुने बताए । उपाध्यक्ष पाण्डेले नेपालको राजनीतिक परिवर्तनको आधारशिला शिक्षक भएको भन्दै अब शिक्षकले देशको शिक्षा क्षेत्रमा आमूल परिवर्तनका लागि लाग्नुपर्नेमा जोड दिए ।

“जसले ज्ञानमा लागनी गर्न सक्यो त्यही अगाडि आउने रहेछ”, उनले भने, “शिक्षामा लगानी बढाउने र गुणस्तर बढाउनेतर्फ शिक्षक संगठनका नेताहरू लाग्नुपर्छ ।” उपाध्यक्ष पाण्डेले आफू अर्थमन्त्री रहँदा विद्यालयमा बालिकाहरूका लागि अनिवार्य स्यानिटरी प्याडको व्यवस्था गरेको तथा शिक्षामा १७ प्रतिशत बजेट विनियोजन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com