काठमाडौँ, २४ चैत्र । नेपाली सेनाको साइबर स्पेसमा आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । साइबर ब्युरोका प्रवक्ता एसपी पशुपतिकुमार रायका अनुसार सेनाबाट प्राप्त सूचनाका आधारमा अनुसन्धान गर्दा साइबर आक्रमणमा संलग्न स्याङ्जाको वालिङका सागर ढकाललाई नियन्त्रणमा लिइएको हो ।
साइबर हमलाको अनुसन्धान, प्राविधिक विश्लेषण तथा ह्युमन इन्टेलिजेन्सका आधारमा ढकाललाई पोखराको बाटुलेचौरबाट पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रवक्ता रायले बताए । रायले विभिन्न समयमा ढकालले सेनाको साइबर स्पेसमा आक्रमणको प्रयास गरेको बताए ।



















प्रतिक्रिया दिनुहोस्