ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

होटल व्यवसायमा लगानी बढ्यो


एबीसी / संवाददाता

खजुरा, २७ फागुन । पश्चिम नेपालको आर्थिक केन्द्र मानिएको बाँकेको नेपालगञ्ज ‘होटल हव’को रुपमा विकास हुँदै छ । नेपालगञ्जबाट हुम्ला सिमिकोट हुँदै तिब्बतको मानसरोबर पुग्ने छोटो बाटो भएका कारण खासगरी भारतीय पर्यटक बढ्न थालेसँगै यहाँ होटल व्यवसायमा लगानी बढेको हो ।

व्यवसायीका अनुसार बाँकेको नेपालगञ्ज र कोहलपुर क्षेत्रमा होटल व्यवसायमा १२ अर्बभन्दा बढी लगानी भएको छ । यसअघि सञ्चालनमा आएका होटललाई पनि स्तरोन्नति गरेर लगानी बढाउने क्रम जारी छ । होटल व्यवसायी संघका अनुसार जिल्लाभरि साना ठूला होटलमा पाँच हजार कोठा छन् भने एकै पटक १० हजार जनासम्मलाई राख्न सकिने क्षमता छ । साना होटलसँगै जिल्लामा ठुलो लगानीमा तारे होटल खोल्ने क्रम बढेको छ । लुम्बिनी प्रदेशमा तीन होटलले पाँचतारेको मान्यता पाउँदा बाँकेमा दुई वटा पाँचतारे होटल खुलिसकेका छन् । चारतारे दुई, बाँकी तिनतारे र अन्य सुविधासम्पन्न पर्यटकस्तरीय होटल छन् ।

मानसरोवर मात्र नभएर नेपालगञ्जदेखि हुम्ला, डोल्पा, खप्तड, रारामा पदयात्रा सुरु भएपछि तेस्रो मुलुकका पर्यटक पनि आउन थालेका व्यवसायी बताउँछन् । होटल बढ्दै जाँदा व्यवसायी होटल स्तरोन्नतिका साथै थप सेवा विस्तारमा लागेकोे सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका प्रबन्धक केशव न्यौपानेले बताए ।

आफूहरूले पनि दुई हजार जना अट्ने नेपालगञ्जकै सबैभन्दा ठूलो हल बनाइसकेको उनले जानकारी दिए । नेपालगञ्ज र कोहलपुर बजारको दृश्यावलोकन गर्न मिल्ने होटलको आठ तलमाथि रुफटप रेस्टुराँ सञ्चालन गरिरहेको उनको भनाइ छ । होटलमा व्यवसायीको लगानी बढे पनि सरकारका तर्फबाट लगानी सुरक्षाको वातावरण नभएको भन्दै उनीहरू चिन्तित छन् । सरकारले पर्यटनतर्फ आकर्षण गर्ने कार्यक्रम घोषणा गरेअनुसारको कुनै गतिविधि नभएकाले पर्यटक बढ्नेमा खासै आशावादी नरहेको कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजाका प्रबन्धक देवानन्द अर्यालले बताए । उनका अनुसार पश्चिममा थुप्रै पर्यटन सम्भावना रहेकाले विकासका लागि सरकारको ध्यान जानुपर्ने देखिन्छ ।

बाँकेमा पर्यटन व्यवसायको ठुलो सम्भावना छ । यहाँका पर्यटकीयस्थलको उचित संरक्षण सम्बद्र्धन हुनसकेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको आकर्षणको केन्द्र बन्न सक्छ । पश्चिम नेपालकै प्रसिद्ध धार्मिकस्थल बागेश्वरी मन्दिर, बाघ संरक्षण गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्ज, विभिन्न तालतलैया, वाटरपार्क, गाभर उपत्यका होमस्टेमा विभिन्न समुदायका संस्कृति, प्रांगरिक कृषि प्रणाली, जैविक पार्कलगायत पर्यटक घुम्नलायक थुप्रै मनमोहक दृश्य छन् । जसको संरक्षण र सम्वर्द्धन गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकियो भने जिल्लाको समृद्धिको आधार तय गर्न पर्यटन क्षेत्रले टेवा दिने देखिन्छ ।

जिल्लामा धार्मिक पर्यटनको ठूलो सम्भावना छ । यहाँ बागेश्वरी, जंगेश्वर महादेव, संकटमोचन हनुमान मन्दिर, जामा मस्जिद, इदगाहा मस्जिद, कर्बला, गुरुद्वारा, सरस्वती मन्दिर, बौद्ध गुम्बाजस्ता विभिन्न धर्म संस्कृतिका आस्थाका केन्द्र रहेको धर्मगुरु बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले बताए । त्यस्तै अन्य पर्यटकीयस्थलमा महेन्द्रपार्क, रानी तलाउ, बोटिङ विहार, वाटरपार्क आदि पर्यटकका गन्तव्यस्थल हुन् । बाँके राष्ट्रिय निकुञ्ज, कोहलपुर गोलपार्क, ढकेरी वनभोज क्षेत्र, सिक्टा पनि पर्यटनको रोजाइमा पर्दछन् । पछिल्लो समय पर्यटक आकर्षित गर्न यहाँ निजी क्षेत्रको लगानी बढ्दै गएको नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्य बताउँछन् ।

पर्यटक आकर्षित गर्न यहाँका विभिन्न स्थानमा करिब रु डेढ अर्बको लगानीमा तीनवटा वाटरपार्क सञ्चालनमा रहेको छ । नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित बाले गाउँमा मानसरोवर एम्युजमेन्ट पार्क एण्ड रिसोर्टले ‘नेपालगञ्ज थ्रिलर जोन’ वाटर पार्क निर्माण गरेको यसका सञ्चालकले जानकारी दिएका छन् । त्यस्तै राँझा विमानस्थल नजिकै ‘वन्डरल्याण्ड वाटर पार्क’ निर्माण भएको छ । अर्को कोहलपुरको हवलदारपुरमा मानसरोवर होलिडेइनमार्फत् वाटर पार्क र मनोरञ्जन केन्द्र निर्माण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

बैशाखमा हुने सिरीजंघा पर्यटन महोत्सवको लोगो र प्रोमो सार्वजानिक

ट्रम्प म्याकिन्लेसँग किन यति धेरै मोहित छन्?

गुगलले १५ वर्षसम्म कसरी गोपनीयताको संस्कृति बनायो

भारतीय पर्यटकहरूले विश्व जितिरहेका छन्

पर्यटक आगमनमा इतिहासकै रेकर्ड ब्रेक, अहिलेसम्कै सवैभन्दा बढी यो वर्ष

पेरिस ओलम्पिकमा मैदानभित्र मदिरा बिक्रीमा प्रतिबन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com