ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैशाखमा हुने सिरीजंघा पर्यटन महोत्सवको लोगो र प्रोमो सार्वजानिक


एबीसी न्यूज
चैत्र ६, २०८१ बुधबार  ६ : ४४ बजे

काठमाडौं । ताप्लेजुङको सिरीजंघा गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उदेष्यका साथ कंचनजंघा साहसिक पदमार्गमा पर्ने नयाँ झोरेनीमा आगामी बैशाख १३ देखि १५ गतेसम्म आयोजना गर्न लागेको सिरीजंघा पर्यटन महोत्सव २०८२ को आधिकारिक लोगो तथा प्रोमो भिडियो सार्वजानिक गरिएको छ ।
जिल्ला सदरमुकाम फुङलिङस्थित नेपाल पत्रकार महासंघ, ताप्लेजुङको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा सिरीजंघा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहान, उपाध्यक्ष तथा महोत्सव आयोजक समिति सचिवालयका संयोजक डा. चित्र मावो, पालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्बरबहादुर आङदेम्वे र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितिमा सो महोत्सवको आधिकारिक लोगो तथा प्रोमो भिडियो सार्वजानिक गरिएको थियो । सो प्रोमो भिडियो मुन्धुम फिल्मस् युट्युव च्यानलबाट सार्वजानिक भएको छ ।

पत्रकार सम्मेलनमा महोत्सवबारे जानकारी दिन तयार पारिएको पम्लेट वाचन गर्दै पालिकाका अध्यक्ष चौहानले पर्यटन प्रर्वद्धन, जलबायु परिवर्तनको असरवारे सचेतना र आर्थिक समृद्धिको लागि सिरीजंघा पर्यटन महोत्सव २०८२ कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । यसैगरी महोत्सव आयोजक समिति सचिवालयका संयोजक समेत रहनुभएका उपाध्यक्ष डा मावोले उचित प्रचारप्रसार हुन सकेको खण्डमा सिरीजंघा गाउँपालिकाका प्रत्येक वडाहरु पर्यटकिय दृष्टिकोणले संभावनायुक्त रहेको र यसैको सुरुवातको रुपमा सिरीजंघा पर्यटन महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
महोत्वसअन्तरगत जलवायु परिवर्तनको असरबारे अध्ययन गर्न बैशाख ५ देखि १३ गतेसम्म कंचनजंघा साहसिक पदमार्ग अवलोकन कार्यक्रम, बैशाख १४ र १५ गते स्थानीय याक, चौरी प्रवर्द्धन तथा प्रर्दशन कार्यक्रम, बैशाख १५ गते कंचनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिता–२०८२ र सोही दिन बेलुका कला, साहित्य तथा संगीत कार्यक्रम आयोजना गरिने बताइएको छ ।

हाफ म्याराथन प्रतियोगिताको विजेतालाई २ लाख ८ हजार ५ सय ८६ रुपैयाँ, उपविजेतालाई १ लाख ८ हजार ५ सय ८६ रुपैयाँ र तेस्रो हुनेलाई ५८ हजार ५ सय ८६ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने पालिकाले घोषणा गरेको छ । यसै पालिकाभित्र पर्ने विश्वको तेस्रो तथा नेपालको दोस्रो सर्वोच्च शिखर कंचनजंघाको उचाई ८,५८६ मिटरलाई प्रतिविम्वित गर्ने गरि पुरस्कार राशीहरु निर्धारण गरिएको पालिकाका उपाध्यक्ष तथा सिरीजङ्घा पर्यटन महोत्सव समितिका संयोजक डा. चित्र मावोले बताउनुभयो ।
समुन्द्र सतहबाट झण्डै ४५०० मिटरको उचाइमा आयोजना हुने कंचनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिताको लागि कंचनजंघा साहसिक पदमार्गमा पर्ने नयाँ झोरेनी, कस्तुरे डाँडाँ, झण्डे डाँडा, सिन्दुरे ढुङ्गा, तुप्लुङ हुदै मछेवासम्मको दुरी कायम गरिएको छ । संघीय सरकारसँगको लागत साझेदारीमा सिरीजङ्घा गाउँपालिकाले निर्माण गरेको कंचनजंघा साहसिक पदमार्गबाट मकालुदेखि कंचनजंघासम्मको लामो हिमश्रृंखला अवलोकन गर्दै पदयात्रा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

झापा–५ मा ओलीको आज ‘वडा-वडा’ अभियान

ट्रम्प म्याकिन्लेसँग किन यति धेरै मोहित छन्?

गुगलले १५ वर्षसम्म कसरी गोपनीयताको संस्कृति बनायो

भारतीय पर्यटकहरूले विश्व जितिरहेका छन्

पर्यटक आगमनमा इतिहासकै रेकर्ड ब्रेक, अहिलेसम्कै सवैभन्दा बढी यो वर्ष

पेरिस ओलम्पिकमा मैदानभित्र मदिरा बिक्रीमा प्रतिबन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com