काठमाडौं, ९ फागुन । नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धन टुटाउन एमाले अघि नबढ्ने बताउनुभएको छ । आज प्रेस चौतारी दैलेखले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले सत्ता गठबन्धन टुटाउन एमालेले कुनै विजनेस नगर्ने दाबी गर्नुभयो ।
उहाले माओवादी केन्द्रका अध्यक्ष अस्थिर रहेको बताउदै अस्थिर राजनीतीले कसैलाई फाईदा नहुने बताउनुभयो । कुनै गन्तव्यमा पुग्नका लागि स्थायित्व हुनुपर्ने भन्दै माओवादी केन्द्रले यो गठबन्धन टुटायो भने चरम अवसरवादी हुने दाबी गर्नुभयो । यस्तै, भट्टराईले सत्ता गठबन्धनका उम्मेदवारबाटै राष्ट्रपतिको उम्मेदवार बन्ने र कांग्रेसले समर्थन कुरा नैतिक रुपमा पनि नमिल्ने बताउनुभयो ।



















प्रतिक्रिया दिनुहोस्