ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

होटल व्यवसायमा देखिएका नीतिगत समस्या सरकारले समाधान गर्छ : राज्यमन्त्री सिर्पाली


एबीसी / संवाददाता
माघ २१, २०७९ शनिबार   ६ : ५५   बजे

काठमाडौँ, २१ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले होटल व्यवसायमा देखिएका नीतिगत समस्या सरकारले समाधान गर्ने बताएकी छन् ।

नेपाली होटल व्यवसायी संघले आज होटल व्यवसायी महासंघका नवनिर्वाचित कार्यसमितिलाई ‘बधाई तथा सम्मान’ दिन आयोजित कार्यक्रममा उनले होटल व्यवसायका क्रममा देखिएका नीतिगत समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताइन् । “होटल व्यवसायलाई व्यवस्थित बनाउन आवश्यक पर्ने कानुनी प्रक्रिया संशोधन गर्न मन्त्रालय तयार छ, व्यवसायी जिम्मेवार र उत्तरदायी भएर काम गर्नुहोस्”, उनले भने । इमान्दार र जवाफदेही भएर काम गरे परीणाम निकाल्न सकिने उनको भनाइ थियो ।

राज्यमन्त्री सिर्पालीले होटल व्यवसायको क्रममा आवश्यक पर्ने तालिम दिनतर्फ सरकार लाग्ने बताए । पर्यटन प्रवर्दधनका लागि होटल क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।

होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश चुकेले कोरोना महामारीबाट थला परेको नेपालको होटल क्षेत्रलाई पुनःउत्थानका लागि राज्यले विशेष भूमिका खेल्नुपर्ने बताए ।

टोखा नगरपालिका–९ का वडाअध्यक्ष रामभक्त घिमिरेले होटल व्यवसायलाई मर्यादित र कानुनअनुसार सञ्चालन गर्न आग्रह गरे । उनले सबै होटल संघका समस्या साझा भएकाले समस्या समाधानका लागि एकजुट भएर अगाडि बढ्न सुझाव दिए ।

नेपाली होटल व्यवसायी संघका अध्यक्ष गणेश ढकालले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रभित्र पर्ने होटल क्षेत्रलाई राज्यले महत्व दिन नसकेको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

मन्त्री हुनु दुई दिन अघि भेडेटारमा जग्गा किन्ने गृहमन्त्री गुरुङ: मूल्यांकन र स्रोतबारे प्रश्न !

लुम्बिनीका उद्योग हटाउन सर्वोच्चको आदेश : ७० अर्ब लगानीका ४० उद्योग र १० हजार रोजगारी जोखिममा

झापा–५ मा ओलीको आज ‘वडा-वडा’ अभियान

बैशाखमा हुने सिरीजंघा पर्यटन महोत्सवको लोगो र प्रोमो सार्वजानिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group