ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति एमालेबाटै हुन्छ : उपमहासचिव ज्ञवाली


एबीसी / संवाददाता
माघ १५, २०७९ आईतबार  ७ : ४० बजे

रूपन्देही, १५ माघ । नेकपा (एमाले)का उपमहासचिव तथा पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले एमालेका उम्मेदवार नै राष्ट्रपति बन्ने बताएका छन् ।

सत्तारूढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको भोलिपल्टै एमालेका प्रभावशाली नेता मानिने ज्ञवालीले यस्तो बताएका हुन् । “प्रचण्डले भनेको राष्ट्रिय सहमतिको राष्ट्रपतिको उम्मेदवार एमालेकै हो, यसमा कोही दुविधा हुनु पर्दैन,” प्रेस चौतारी पाल्पाले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले भने, “राष्ट्रपति एमालेले नै पाउने हो, सत्ता गठबन्धन दलबीच भएको सहमतिअनुसार ने राष्ट्रपति एमालेले पाउने विषयमा कोही अन्योल हुनुपर्ने छैन ।”

बाहिर चर्चामा आएजस्तो आफूहरू सशंकित नरहेको उनले बताए । “केही दलले छिर्के दाउ हानेर वर्तमान सत्ता गठबन्धन तोड्ने प्रयास गरिरहेका छन् । त्यो सफल हुने छैन । सत्ता गठबन्धनका दलप्रति एमाले सशंकित छैन । राजनीति विश्वसले चल्ने हो । एक माघले जाडो जाने विषय पनि होइन । यो कसैलाई छिर्के हानेर दाउपेचमा राखेर राजनीति गर्ने विषय पनि होइन । इमानदारिता र निष्ठा राजनीतिका आधार हुन् यी टुटे भने केही बाँकी रहँदैनन् । विश्वासघात कसैबाट हुने छैन,” उनले भने ।

अहिलेको सत्ता गठबन्धनबीच भएको सहमति र सम्झौता कार्यान्वयनमा सबै दल इमानदार रहेको उनले बताए । आफूसँग भएको सत्तालाई सही रूपमा व्यवस्थापन गर्न नसक्दा कांग्रेसले सबै गुमाएको तर अझै पनि धमिलो पानीमा माछा मर्छ कि भनेर राष्ट्रपतिको दाउ ताकेको ज्ञवालीले बताए ।

“धमिलो खोलामा माछा मार्न खोजेजस्तो कांग्रेसले राष्ट्रपति लिने दाउमा छ, कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुको अर्थ राष्ट्रपति पाउने आशा हो । गठबन्धनमा खेल्न यस्तो गरिएको सबैले बुझेका छन्, प्रधानमन्त्रीज्यूले कांग्रेसलाई कुनै वचन दिएर मत माग्नु भएको छैन । पूर्व सहमतिअनुसार नै एमालेका उम्मेदवार राष्ट्रपति बन्छन्,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार पुगेर एमाले अध्यक्ष ओलीले गरे प्रधानमन्त्री कार्कीसँग २ घण्टा छलफल

झापास्थित रास्वपा कार्यालय भएको घरमा तोडफोड

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पितृशोक

निर्वाचन २८ दिन बाँकीः निर्वाचन खर्च अनिवार्य बैङ्क खाताबाट गर्ने कार्यविधि जारी

काठमाडौँको चुनावी नक्सा : शक्ति–सन्तुलन, मतदाता मनोविज्ञान र सम्भावित उलटफेरको कठोर विश्लेषण

अभियोग, आरोप र चुनावः जाँचबुझ आयोगको प्रतिवेदन ओलीका लागि किन निर्णायक ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com