ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फागुन २८ पहिल्यै राष्ट्रपतिको निर्वाचन नभए देशमा अनिष्ट हुन्छ : कांग्रेस


ABC NEWS

 

मोरङ १४ माघ । कांग्रेस नेता डा. शेखर कोइरालाले फागुन २८ गते अगाडि राष्ट्रपतिको निर्वाचन नभए देशमा अनिष्ट हुने बताएका छन् । प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशनमा शनिबार विराटनगरमा बोल्दै कोइरालाले संविधानभन्दा माथि होइन, संविधान मातहत रहने राष्ट्रपति मुलुकलाई आवश्यक रहेको बताए ।

 

ुसभामुख माओवादीको हुँदा बजेट सदन बाहिरै पढियो, उनले भने, ‘नागरिकता विधेयक सदनबाट पारित भइसकेको अवस्थामा राष्ट्रपतिले संविधान विपरीत अहिलेसम्म अल्झाएर राखिरहनु भएको छ ।’ त्यसैले संविधानलाई स्वीकारेर अघि बढ्ने राष्ट्रपति मुलुकका लागि आवश्यक भएको कोइरालाको भनाइ थियो ।

कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिएर अघि बढ्ने उनले बताए । उनले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई जिताउन पार्टी सम्बद्ध सबैलाई सघाउन आग्रह गरे । ‘देशमा जसलाई जे मन लागेको छ त्यही गरिरहेको र त्यसलाई स्वीकारेर अघि बढ्नु पर्ने अवस्था छ,’ कोइरालाले भने, ‘त्यसैले अहिलेको अवस्थामा पत्रकारको भूमिका महत्वपूर्ण छ ।’

रवि लामिछानेको घटनाले यो देशमा कानुनी राज्य छ भन्ने कुरा प्रमाणित भएकोबाट सबैले पाठ सिक्नु आवश्यक रहेको उनले बताए । ‘न्यायालय अडिग हुँदा न्याय हुँदो रहेछ भन्ने हिजोको सर्वोच्चको फैसलाले प्रमाणित गरेको छ,कोइरालाले भने, राज्य संयन्त्र पूरै लाग्दा पनि न्यायालयले कानुन अनुसार फैसला गर्‍यो ।’

उनले देशको आर्थिक अवस्था दयनीय रहेकोप्रति चिन्ता व्यक्त गरे । ‘अवकाश प्राप्त कर्मचारीको पेन्सनका लागि २० मिलियन र सामाजिक सुरक्षा भत्ताका लागि राज्यले बजेटको व्यवस्थापन गर्न नसक्ने अवस्था छ,ञ उनले भने, ‘प्रदेशले केही मन्त्रालयहरू घटाएकाले केही अर्ब सञ्चित भएको र यससलाई संघीय सरकारले पनि अंगिकार गर्नु आवश्यक छ ।’

विज्ञापन दिने संस्था नै धाराशायी भइसकेको अवस्थामा समग्र मिडिया क्षेत्र प्रभावित भएको उनले बताए । देशका उद्योगहरू धाराशायी हुँदै गएको अवस्था रहेकाले समयमै सचेतना अपनाउनु आवश्यक भएको उनले सुनाए ।

कोइरालाले कांग्रेस जुनसुकै बेला सरकारमा जान सक्ने बताए । ‘यो भन्दा अगाडि साढे तीन वर्ष कांग्रेस विपक्षमै थियो तर एमाले र माओवादीकै कारण सरकारको नेतृत्व पाएको थियो,’ उनले भने, ‘यस पटक देशको ठूलो दल हुँदाहुँदै पनि सरकारमा जानबाट बञ्चित हुनु परेको छ र राजनीतिमा यस्ता घटना भइरहन्छ । त्यसैले यो विषयमा धेरै चिन्ता लिनु पर्दैन किनकी जुनसुकै बेला सरकारमा जान सक्छौं ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

उत्तर प्रदेशका मुख्यमन्त्री योगी र राजदूत शर्माबीच भेटघाट

काठमाडौँ । भारतका लागि नेपाली राजदूत डा शंकरप्रसाद शर्माले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग शिष्टाचार भेट गरेका छन् । राजदूत शर्माले आइतबार भारतको लखनउस्थित

राष्ट्र सिकिस्त बिरामी छ: संसदमा शेखर कोइराला

काठमाडौं, १२ चैत।  नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले मुलुक गम्भीर बिरामी अवस्थामा रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उद्यम गर्नेहरु हतास मनस्थितिमा

ठोक्किनबाट जोगिए एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज

काठमाडौं, १२ चैत। एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज आकाशमै ठोक्किनबाट बचेका छन् । गत शुक्रबार १९ हजार फिटको उचाइमा होल्ड गरिरहेको एयर इण्डियाको जहाज

सम्बन्धित

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आफ्नै कमजोरीले सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो छ डा कोइराला

नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ताकेता

एमालेको उद्देश्य आगामी चुनावमा बहुमत उपाध्यक्ष पौडेल

राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

उपराष्ट्रपति यादवलाई गृह जिल्लामा भव्य स्वागत

उत्तर प्रदेशका मुख्यमन्त्री योगी र राजदूत शर्माबीच भेटघाट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com