ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको न्यूनतम साझा कार्यक्रम : तत्काल ४ वटा आयोग, चुनावी बाचाको सारसंक्षेप, कार्यान्वयन असम्भव ! (पूर्णपाठ)


ABC NEWS

काठमाडौं २५ पुस। सरकारले नागरिकको जीवनस्तर र जनजीविकालाई सम्बोधन गर्ने भन्दै चार वटा आयोग गठन गर्ने घोषणा गरेको छ ।
सोमबार सार्वजनिक भएको न्यूनतम साझा कार्यक्रममा दुई वटा उच्चस्तरिय आयोग र दुईवटा संयन्त्रको अबधारणा अघि सारिएको छ ।
ती संयन्त्र र आयोग बनेर महत्वाकांक्षी कार्ययोजना लागू गर्न भने असम्भव जस्तै छ ।

१.न्यायपालिका सुधारका लागि आयोग

सरकारले न्यायपालिकाको संरचनागत सुधारका लागि अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठनको परिकल्पना गरेको छ ।

त्यो आयोगले दिने सुझाव र सिफारिसका आधारमा न्यायपालिकामा संरचनगत परिवर्तन र सुधारको पहल हुनेछ । नीति तथा कार्यक्रममा भनिएको छ, ‘आम नागरिकहरूले सहज, छरितो र निष्पक्ष न्याय पाउने सुनिश्चित गर्ने ।’

२. प्रशासनिक सुधार कार्यदल

न्यूनतम साझा कार्यक्रममा अर्को कार्यदलको परिकल्पना छ । जसले नागरिक प्रशासन र सुरक्षा निकायलाई सक्षम, व्यावसायिक र जनताप्रति उत्तरदायी बनाउन आवश्यक सुझाव दिनेछ ।

विज्ञ सम्मिलित उच्चस्तरीय कार्यदलले दिएको प्रतिवेदनका आधारमा व्यापक सुधार प्रक्रिया अगाडि बढाउने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।

३.राष्ट्रिय भूमि आयोग

सरकारले भूमिमा किसानको सहज पहुँच र भूमिहिनहरुलाई जग्गा वितरण गर्न ‘राष्ट्रिय भूमि आयोग’ गठन गर्ने घोषणा गरेको छ । त्यसले ‘भूमि व्यवस्थाको संरचनामा अन्तरनिहीत समस्याहरूको दिगो समाधान’ दिने भनिएको छ ।

न्यूनतम साझा कार्यक्रममा उल्लेख भएअनुसार, आयोगले दुई वर्षभित्र सुकुम्बासी, मुक्त हलिया, मुक्त कमैया र अव्यवस्थित बसोबासी समस्याको समाधान गर्नेछ ।

४. सडक दुर्घटना अध्ययन कार्यदल

सडक दुर्घटनाका कारणवारे अनुसन्धान गर्न अर्को कार्यदल बन्ने भएको छ । उच्चस्तरीय कार्यदल नाम दिइएको संयन्त्रले सडक दुर्घटनाको कारण अध्ययन गर्नेछ र सुझाव दिनेछ ।

न्यूनतम साझा कार्यक्रममा सवारी दुर्घटनास्थल र बारम्बार सवारी दुर्घटना भइरहेका सडकहरू पहिचान गरी त्यस्ता सडकहरूको प्राथमिकताका साथ मर्मत सुधार गर्ने योजना छ ।

सबै नागरिकलाई १ वर्षभित्र राष्ट्रिय परिचयपत्र, ५ वर्षमा दुई अंकको आर्थिक बृद्धि

सत्तारुढ दलको साझा नीति तथा कार्यक्रमको पूर्ण पाठ यस्तो छ ।

CMP – 2079, Final

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com