ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन, भारत, जापान र कोरियामां कोरोना संक्रमण बढ्यो, बुस्टर डोज लगाऊँ: स्वास्थ्य मन्त्रालय


एबीसी / संवाददाता
पुस १०, २०७९ आईतबार  ११ : १२ बजे

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले सबैलाई अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत र चीनमा बढिरहेकाले सबैलाई बुस्टर डोज लगाउन आग्रह गरेका हुन्।

छिमेकी मुलुकमा देखिएको बीएफ–७ नामक प्रजातिको नयाँ भेरिएन्ट खुला सिमानाका कारण नेपालमा भित्रिन सक्ने भएकाले सजगता अपनाउनसमेत मन्त्रालयले आग्रह गरेको छ। नेपालमा हालसम्म नयाँ प्रजातिको बीएफ–७ नामक भाइरस देखिएको छैन।

मन्त्रालयले पहिलो र दोस्रो मात्रा खोप लगाएका व्यक्तिले अनिवार्य रूपमा बुस्टर डोज लगाउन भनेको छ। सरकारले बुस्टर डोजका लागि भने खोप ल्याउने तयारी गरेको छ।

पन्ध्र लाख मात्रा खोप ल्याइँदै

मन्त्रालयका प्रवक्ता डा ठाकुरले १५ लाख मात्रा बुस्टर डोज खोप ल्याउन थालिएको जानकारी गराए। कोभ्याक्स सुविधाअन्तर्गत सम्झौता गरिएको ९२ लाख मात्रा खोपमध्ये ३७ लाख मात्रा ल्याइसकेको छ। अब त्यही बाँकी रहेको मध्ये १५ लाख मात्रा खोप बुस्टर डोजका लागि ल्याउन थालिएको हो।

सम्झौता गरिएका खोपमध्ये दुईपटक गरेर ३७ लाख मात्रा खोप भने स्वदेश आइसकेको छ। यस्तै मन्त्रालयले सङ्क्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन वा स्यानिटाइजर नियमित प्रयोग गर्नसमेत आग्रह गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

ट्रम्पले पुटिनको तर्कले आफैंलाई प्रमाणित गरिदिए : न्युजविक

हारपछि एमालेभित्र फेसबुक युद्ध : “महासचिवदेखि पूर्वमन्त्रीसम्म नेताहरूको सार्वजनिक आरोप–प्रत्यारोप”

किन बढारिए पुराना दल ?

प्रतिनिधिसभा निर्वाचन: २०४८ यता सबैभन्दा कम मतदान , जेन जी विद्रोहपछि अपेक्षा टुट्यो

ट्रम्पको दाबी: ‘इरानी ‘पागलहरू’ पहिले आक्रमण गर्न लागेका थिए’

सहकारी काण्डमा चुनावी ध्रुवीकरण:रास्वपा ‘मिलापत्र’ र फिर्तामा जोड, कांग्रेस–एमाले कारबाही र कडा नियमनको पक्षमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com