ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा र प्रचण्डबीच नयां सरकार गठन र शक्ति बांडफांट बारे ‘वान अन वान’ वार्ता


एबीसी / संवाददाता
पुस ७, २०७९ बिहीबार  ६ : २८ बजे

 

काठमाडौं ७ पुस । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाबीच शक्ति बांडफांट र नयां सरकार गठनका बारे वान अन वान छलफल शुरु भएको छ ।
गठबन्धनको भविष्य र नयाँ सरकार गठनबारे नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘निर्णायक वार्ता गर्ने भन्दै माओवादी अध्यक्ष प्रचण्ड आफ्नो संसदीय दलको बैठक लगत्तै बालुवाटार पुगेका छन् ।

आज साँझ देउवासँग निर्णायक वार्ता गर्ने प्रचण्डले दिउँसो बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा जानकारी गराएका थिए । ‘सरकार गठनका लागि छलफल चलिरहेको छ, कुरा सकारात्मक नै छ । संसदीय दलको नेता चयनपछि आजै (बिहीवार साँझं) देउवाजीसँग कुरा गर्दैछु’, प्रचण्डको भनाइ उदृत गर्दै माओवादीका एक सचिव तथा प्रमुख सेचतक हितराज पाण्डेले बताए । ‘
प्रचण्ड बिहीवार बसेको संसदीय दलको बैठकबाट संसदीय दलको नेतामा सर्वसम्मत चयन भइसकेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दाबी पेश गर्न पुस १० गतेसम्मको समयसीमा दिएपछि दलहरूबीच सरकार गठनका बारेमा छलफल हुन थालेको छ । सबै दलले संसदीय दलको नेता चयन गरिसकेपछि सरकार गठनको छलफलले अझै तीव्रता पाउने अपेक्षा गरिएको छ ।

माओवादी केन्द्रले अध्यक्ष प्रचण्ड पहिलो कार्यकालमै प्रधानमन्त्री बन्नु पर्ने बटम लाइन बनाएको छ । संसदको सबैभन्दा ठूलो दल कांग्रेसले पनि आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास गरिरहेको छ ।

सत्ता गठबन्धनका अधिकांश नेताहरूले गठबन्धनकै सरकार बन्ने बताइरहेका छन् । यद्यपि, कसको नेतृत्वमा, कसरी सरकार गठन हुन्छ भन्ने बारेमा भने ठोस निर्णय भइसकेको छैन ।

एमालेले पनि सरकार गठनको कसरत गरिरहेको छ । सत्ता गठबन्धनबाट माओवादी बाहिर निकालेर प्रचण्डलाई नै प्रधानमन्त्री बनाएर राष्ट्रपति सहित ४ वटा प्रदेश सरकारको नेतृत्व गर्ने तयारीमा एमले अध्यक्ष ओलीले कोशिश गरिरहेका छन् ।

प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न देउवालाई माओवादीको प्रस्ताव, देउवा अझै मौन !

ओली–प्रचण्डबीच राष्ट्रपति कार्यालयमा भलाकुसारी संयोग कि योजनावद्ध ? जनार्दनमार्फत देउवालाई प्रचण्डको बटमलाइन पठाइयो (फोटो फिचर)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com