ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न देउवालाई माओवादीको प्रस्ताव, देउवा अझै मौन !


एबीसी / संवाददाता

काठमाडौं ६ पुस । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष माओवादीको तर्फबाट सत्तारुढ गठबन्धन कायम राख्ने हो भने माओवादी अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउनु पर्ने प्रस्ताव गरिएको छ । कांग्रेसको दल नेता निर्वाचित भए लगत्तै अर्थमन्त्री जनार्दन शर्माले देउवालाई प्रम निवास बालुवाटार पुगेर नयां ससरकार बारे प्रस्ताव गरेका हुन् ।

५ दलीय सत्तारुढ गठबन्धनलाई कायम गर्दै याँ सरकार बनाउनुपर्ने अर्थमन्त्री शर्माले प्रधानमन्त्री देउवालाई प्रस्ताव गरेका छन् । त्यसका लागि शर्माले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पहिले सरकारको नेतृत्व दिनुपर्ने आग्रह गरे।

आलोपालो गर्ने विषयमा तपाइँ र हाम्रोबीच राम्रो अन्डरस्ट्यानिङ छ। तपाइँले यस अघि नै पहिलो कार्यकाल प्रधानमन्त्री बन्नुभयो। अब माओवादीलाई नेतृत्व हस्तान्तरण गर्नुस् । त्यसपछि फेरि तपाइँको पालो त छँदैछ भन्दै माओवादी उपमहासचिव रहेका अर्थमन्त्री शर्माले प्रचण्डप्रस्ताव देउवालाई सुनाएका हुन् ।
संसदको दोस्रो ठूलो दल नेकपा एमालेले औपचारिकरूपमै प्रधानमन्त्रीको प्रस्ताव गरेपछि प्रचण्डले दूतका रूपमा शर्मालाई बालुवाटार पठाएका हुन्।

एमाले उपाध्यक्ष सुवास नेम्वाङले मंगलबार प्रचण्ड निवास खुमलटार पुगेर प्रचण्डलाई प्रधानमन्त्री बनेर वाम गठबन्धनको सरकार बनाउन प्रस्ताव गरेका थिए। कांग्रेसको बटमलाई प्रचण्डलाई छिटो चाहिएको माओवादीका एक पदाधिकारीले बताए । कांग्रेसले नेतृत्व हस्तान्तर गनं आनाकानी गरेमा वाम गठबन्धनको सरकार बनाउन बाटो खुल्ने माओवादीको बुझाई छ । यस अघि राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेन र घण्टीका अध्यक्ष रवि लामिछानेले प्रचण्ड र अ‍ोलीलाई भेटेर दुई दल मिलेर गठबन्धन गरेमा त्यो गठबन्धनमा आफूहरु सामेल हुन तयार रहेको बताइसकेका छन्। उता जसपाका अध्यक्ष उपेन्द्र यादवको चाहाना पनि वाम गठबन्धनकै सरकार बन्नु पर्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ग्वार्काेमा कार र ट्याक्सी ठोक्किँदा २ जनाको मृत्यु, ६ जना घाइते

ललितपुर, १६ माघ । ललितपुरको ग्वार्काेमा कार र ट्याक्सी आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । ग्वार्कोस्थित बि एण्ड

समृद्धिको दूरगामी यात्रालाई पुनः अगाडि बढाउने प्रयासमा अघि बढिरहेका छौँ : ओली

काठमाडौँ, १६ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाज र राष्ट्रको हितमा निःस्वार्थरुपमा सक्रिय हुँदै अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका

बाबुले पेट्रोल छर्किएर आगो लगाउँदा २ वर्षीय छोराको मृत्यु, श्रीमती घाइते

बाँके, १६ माघ । बाँकेको कोहलपुरमा आफ्नै बाबुले पेट्रोल खन्याएर आगो लगाएर छोराको मृत्यु भएको छ । श्रीमती घाइते छिन् । आइतबार साँझ कोहलपुर नगरपालिका–२

सम्बन्धित

ग्वार्काेमा कार र ट्याक्सी ठोक्किँदा २ जनाको मृत्यु, ६ जना घाइते

समृद्धिको दूरगामी यात्रालाई पुनः अगाडि बढाउने प्रयासमा अघि बढिरहेका छौँ : ओली

शहीदका सपना पूरा गर्न हातेमालो गर्दै अघि बढ्न प्रधानमन्त्रीको प्रचण्डको आह्वान

पासपोर्ट बनाउनका लागि एक महिने प्रि इनरोलमेन्ट सोमबार सुरु हुने (सूचनासहित)

राजस्व अधिकृत रामजी रिजाललाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा ६ महिना कैद सजाय

रवि लामिछानेको पूर्व उपप्रधानमन्त्रीको हैसियत कायम नहुने कानुविदको ठहर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com