काठमाडौं, ८ असोज । डेङ्गुको प्रकोप बढेसँगै काठमाडौंका विभिन्न स्थानमा लामखुट्टे मार्ने अभियानमा सामाजिक अभियान्ताहरुले सुरु गरेका छन् । डेंगु नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्न नसेको अवस्थामा काठमाण्डौ महाराजगन्ज निवासी सामाजिक अभियान्ता रमेश केसीले आफ्नो ब्यक्ति गत खर्चमा काठमाडौका विभिन्न स्थानमा पुगेर डेङ्गु फैलाउने लामखुट्टे नष्ट गर्ने अभियानमा लाग्नुभएको छ ।
विगत ८ दिनदेखि केसीलगायत उहाँको टिमले यो अभियान सुरु गरेको हो । काठमाडौंका विभिन्न अस्पतालमा साथै अन्य स्थानहरुमा पनि लामखुट्टे मारेर सहयोग गरेको केसीले बताउनुभयो । बन्दुक जस्तो देखिने यन्त्रमा डिजेल हालेर लामखुट्टे मारिने र प्रति मिनेटमा १ लिटर डिजेल खर्च हुने केसीले जानकारी दिनुभयो ।
त्यस्तै सामाजिक अभियानमा सक्रिय केसीले व्यक्तिगत खर्चमा नै यो अभियान जारी गरेको बताउनुभयो । उहाँ विगत लामो समय देखि सामाजिक कार्यमा संलग्न हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्