ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

को हुन गोठाटारमा गोलि हानी हत्या गरिएका ब्यक्ति ? यस्तो उनको विगत


एबीसी / संवाददाता

काठमाडौं, ४ असोज । सर्लाहीका लाल मोहम्मदको अज्ञात समूहले गोली हानी हत्या गर्‍यो । सोमबार साँझ काठमाडौं गोठाटारस्थित कृष्ण मन्दिरनजिक उनीमाथि अज्ञात समूहले चार राउण्ड गोली प्रहार गरेको थियो ।

टाउको, छाती र पेटमा गोली लागेका मोहम्मदको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा सोमबार राति नै मृत्यु भएको हो । गोठाटारमा एजेन्जर इन्टरप्राइजेज वर्ड वेस्ट गार्मेन्ट सञ्चालन गर्दै आएका मोहम्मदलाई बेलुका गार्मेन्टका सामग्री ल्याएर घर पुग्दै गर्दा उनीमाथि गोली प्रहार भएको थियो ।

आफ्नो निजी कारमा सवार उनलाई गाडीबाट ओर्लिनासाथ मोटरसाइकलमा आएका दुई युवामध्ये एक जनाले गोली प्रहार गरेका थिए । मोहम्मदको हत्यामा भारतीय मूलकै अपराधीको संलग्नता देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोमबार गोली प्रहार हुनुअघि मोहम्मदमाथि भौतिक आक्रमण भएको खुलेको छ ।

उनीमाथि केही दिनअघि मात्रै ‘रड’ प्रहार भएको खुलेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भरत बोहराले बताए । ‘मोहम्मदमाथि केही दिनअघि पनि रड प्रहार भएको रहेछ । तर, उनले प्रहरीमा उजुरी दिएनन् । आफैँ उपचार गरेको देखिन्छ,’ एसएसपी बोहराले भने । उनीमाथि रड प्रहार गर्ने समूहले नै गोली हान्यो वा अर्को समूहले हान्यो, त्यो अनुसन्धानकै क्रममा रहेको बोहराको भनाइ छ । उसो त मृतक मोहम्मदको पृष्ठभूमिसमेत आपराधिक गतिविधिको हो ।

प्रहरीले साँझ सबै नाका बन्द गरेको जनाएपनि कोही पनि व्यक्ति पक्राउ पर्न सकेनन्। प्रहरीले उनको हत्यालाई तीन चरणमा बाँडेर हेरेको छ। पुरानो घट्नाको रिसइबीका कारण मारिएको हुनसक्ने, दोस्रोमा नक्कली नोटको कारोवारीदेखि शंकास्पद यूरोनियको कारोवार तोस्रो चाहि पाकिस्तानको इन्टर–सर्भिसेस इन्टेलिजेन्स (आईएसआई) को समर्थनमा आतंकवादी सञ्जालसँग जोडिएको भन्दै भारतीय अपराधिक ग्याङले आक्रमण गरेको हुनसक्छ कि भनेर अनुसन्धान अघि बढाएको छ।

‘भारत विरुद्ध आफ्नो गतिविधि तिब्र बनाएको छ, भन्ने सूचनाको आधारमा पनि उनलाई आक्रमण गरेको हुनसक्नेतर्फ हाम्रो अनुसन्धान केन्द्रीत भएको छ, साथै उनको पुरानो घट्नासँग पनि हामीले जोड्ने प्रयास गरेका छौ त्यो भनेको ग्याङमा विश्वासघात हुँदा एकले अर्कोलाई पक्राउ गर्ने र त्यसको रिसइबी साध्ने नै हो त्यसकारण अहिले नै यही हो भनेर एकिनका साथ भन्ने अवस्था छैन’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने।

२०६४ असार २० गते काठमाडौंको अनामनगर धोबीखोलामा साँझ बाराका बलराम पटुवाको गोली हानी हत्या गरियो। हत्या आरोपी ५ मध्ये प्रहरीले ‘थापाजी’ भनिने लाल मोहम्मद र पप्पु गुप्तालाई तत्काल पक्राउ गर्यो। उनले प्रहरीलाई बयान दिने क्रममा आरोपी मुन्ना खान भनिने इल्ताव हुसेन अन्सारी भने दुई वर्षपछि २०६६ मा पक्राउ परे। ती मध्येका वाहिद खान १० वर्षपछि मात्रै ३० असोज २०७५ पक्राउ परे। खान पक्राउ पर्नुमा उनै लाल मोहम्मदको हात रहेको उनको परिवारले आरोप लगाउदै आएको थियो। पक्राउ परेपछि उनै वाहिद खान विजयकुमार श्रीवास्तव भएको भन्दै उनकी पत्नीले नागरिकता पेस गरेकी थिइन। तर प्रहरीले सर्लाही प्रशासनबाट उक्त नागरिकताको बैधानिकता जाँच गर्दा खानले नक्कली नागरिकता निकालेर आफ्नो परिचय बदलेको पुष्टी भएपछि उनी जेल परे। उनले परिचय बदलेर गार्मेन्ट उद्योग चलाइरहेका थिए।

प्रहरीको अनुसन्धान अनुसार मारिएका बलराम पटुवा र पक्राउ परेका तीन जनाविच भारतीय जाली नोट कारोबारमा विवाद भएको थियो। त्यही विवादमा पटुवा मारिएका थिए। ‘जाली नोट कारोबारमा सक्रिय पटुवाले सूचना चुहाउन थालेपछि उनको हत्या गर्ने र उनको स्थानमा वाहिदलाई राख्ने योजना थियो,’ त्यतिबेला अनुसन्धानमा संलग्न रहेका एक अधिकारीले भने।
प्रहरीका अनुसार गार्मेन्ट व्यवसायको आडमा वाहिद, मोहम्मदलगायत समूहले पाकिस्तान, बंगलादेशबाट नक्कली भारतीय नोट ल्याएर कारोबार गर्ने गरेका थिए। उनीहरु अदालतबाट दोषी ठहर भई जेल चलान भए। लाल मोहम्मद करिब ९ वर्ष जेल बसेर ९ साउन २०७४ मा सरकारी आम माफीमा छुटेका थिए। जेलबाट निस्किएपछि लाल मोहम्मदले गार्मेन्ट व्यवसाय सुरु गरे। एभेन्जर इन्टरप्राइजेज नामक गार्मेन्ट कम्पनी चलाइरहेका थिए। स्रोतका अनुसार १० वर्षपछि पक्राउ परेका वाहिद खान उर्फ विजयकुमार श्रीवास्तव पक्राउ पर्नमा मोहम्मदको हात थियो।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार लाल मोहम्मद शुरुमा कन्ट्रयाक्ट किलर थिए। भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइविशेष ब्यूरोको एक रिपोर्ट अनुसार लाल मोहमदले नेपालमा नक्कली नोट कारोबारमा विचौलियको भूमिका निभाउथे। त्यसक्रममा इल्ताफ हुसेन अन्सारी नाममको व्यक्तिको सुपारी लिएर हत्या योजना संलग्न हुन्थे कतिपय सन्दर्भमा उनी आफै गोली हान्थे। बलराम पटुवालाई लाल मोहम्मदले नै गोली हानेको इल्ताफ हुसेन अन्सारीले साथीहरुलाई बताउने गरेको स्रोतको दावी छ। यो विषयमा भारतीय सुरक्षा अधिकारीहरु गत साउनमा नेपाल आएको यो विषयमा चासो राखेका थिए।

भारतीय सुरक्षा अधिकारीहरुले नेपाली सुरक्षा अधिकारीहरुसँग बेलाबेलामा चासो राखिरहेका थिए। मोहम्मदले विचौलियाको रुपमा काम गरिदिएका व्यक्ति इल्ताफ हुसेन अन्सारी चाहिँ २९ साउन २०७७ मा नक्कली सुन काण्डमा पक्राउ परे। नक्कली नोटको मास्टर माइण्ड मानिएका अन्सारी नक्कली १५ किलो सुन बोकेर गाडीमा हिँडेको बेला प्रहरीबाट उम्केपनि पछि पक्राउ परेका थिए। उनले त्यो सुन भारत लैजान खोजेको तत्कालिन अनुसन्धानकर्ता प्रहरी अधिकारीहरुले जनाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com