काठमाडौं, ४ असोज । पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका नेता खोभारी राय नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले रायसहित सुनितादेवी यादव, धीरेन्द्र राय, राजमोहन राय र रामप्रवेश रायलाई पार्टी प्रवेश गराउनुभएको हो ।
२०५१ सालमा सर्लाही ४ बाट चुनाव जितेर मन्त्री बन्नुभएका रायले मधेस आन्दोलनपछि तत्कालीन मधेसी जनअधिकार फोरमबाट चुनाव जित्नुभएको थियो । उहाँ पछिल्लो समय जसपामा हुनुहुन्थ्यो ।



















प्रतिक्रिया दिनुहोस्