काठमाडौं, ११ साउन । कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोख्रेलले छलछामको राजनीति गरेको आरोप लगाउँदै कार्यपालिका सदस्यहरूले बैठक बहिस्कार गरेका छन् । बुधवारका लागि बोलाइएको बैठक दुई तिहाइ सदस्यहरूले बहिस्कार गरेका हुन् ।प्रमुख कुमार पोखरेलले कर्मचारी परिचालन गरी छलछामको नीति अवलम्बन गरी कार्यपालिकाले गरेको नगरको निकासी कर सम्बन्धी ठेक्का ६० लाख १ हजारमा लगाउने र कमला माध्यमिक विद्यालय कमलामाई नगरपालिका–४ ढुङग्रेवासमा कार्यरत शिक्षक डा।हरि पोखरेललाई जनज्योति माध्यमिक विद्यालय कमलामाई नगरपालिका–५ फोस्रेटारमा काज सरुवा गर्ने निर्णय गरेको गरेकोमा बैठक पुस्तिकामा टाँस गरेको वडा नंं ७ का वडा अध्यक्ष कर्णबहादुर घिसिङले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।
उक्त विषयमा छलफल गर्नको लागी पुन कार्यपालिका बैठक वस्नु पर्ने कानुनी व्यवस्था भए तापनि नगरप्रमुख पोखरेलले कार्यपालिका सदस्यहरूसँग सरसल्लाह नगरी, एकलौटी तवरबाट बैठक बोलाएको उक्त बैठक प्रारम्भ हुनु अगावै नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटा जिल्ला बाहिर भएको अवस्थामा मिति २०७९ साल साउन ११ गतेको कार्यपालिकाको बैठक मिति २०७९ साल साउन १२ गतेका लागी बैठक आव्हान गर्न आग्रह गर्दा समेत नगरप्रमुख पोखरेलले अटेर गरी एकलौटी ढङ्गले अगाडी बढ्न खोजेपछि हामी नेकपा एमालेबाट कार्यपालिकामा प्रतिनिधित्व गर्ने सम्पूर्ण कार्यपालिका सदस्यहरूले मिति २०७९ साल साउन ११ गतेको कार्यपालिका बैठक बहिष्कार गरेको उहाँले जानकारी दिनुभयो ।
जनताको सेवा गर्न जनताबाट अनुमोदित हामी जनप्रतिनिधि लोकतान्त्रिक अभ्यासको पूर्ण पालना गरी जनताको सेवामा समर्पित रहँदै आएको र रहने छौँ विज्ञप्तिमा भनिएको छ । यस लोकतान्त्रिक अभ्यासबाट विचलित भई नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले लोकतान्त्रिक प्रक्रियाबाट भाग्दै मनोमानी ढङ्गबाट अगाडी बढ्न खोजेको प्रति आपत्ति जनाउँदै सुशासन र विधिको शासन कायम गर्न हामी कार्यपालिका सदस्यहरूले माग गरेका छन् ।
नगरप्रमुख पोखरेलले कार्यपालिले गरेको निर्णय कार्यान्वयन नगरेसम्म हामी तपसिलका कार्यपालिका सदस्यहरू बैठकमा सहभागी नहुने बताएका छन् । कार्यपालिकाको बैठक उपप्रमुख देवकोटा वडा नं। ३ का वडा अध्यक्ष खड्ग प्रसाद चौलागाई, वडा नं ७ का वडा अध्यक्ष कर्ण बहादुर घिसिङ, वडा नं. ८ का वडा अध्यक्ष कोमल कुमार श्रेष्ठ, वडा नं. ११ का वडा अध्यक्ष रामबहादुर थिङ, वडा नं। १२ का वडा अध्यक्ष निमबहादुर गुर्मछान, वडा नं। १३ का वडा अध्यक्ष केशरबहादुर कार्की, वडा नं. १४ का वडा अध्यक्ष राजन न्यौपाने, कार्यपालिका सदस्यहरू मानबहादुर नेपाली, राजन बहादुर भुजेल, ।उमा वि।क।, जमुना श्रेष्ठ, धनमाया श्रेष्ठ , शिवकुमारी रायमाझी, भद्रिमाया हायु र देवी देवकोटाले बैठक बहिस्कार गर्नु भएको हो ।
नगरप्रमुख पोख्रेलले गैर जिम्मेवार तरिकाले जवाफ दिदै आएको भन्दै कर्ण बहादुर घिसिङले पोख्रेलले छलछामको राजनीति नगर्न अनुरोध गर्नुभयो । कार्यपालिकाका निर्णय कार्यन्वयन नगर्ने अनि गैर जिम्मेवार ढङ्गबाट अघि नबढ्न पनि आग्रह गर्नुभयो । नगरप्रमुखले विवाद बढाउने भन्दा पनि छलफलका माध्यमबाट समस्या समाधान गर्न तर्फ लाग्न समेत आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्