माघ ३, बुटवल ।
प्रदेश नम्वर ५ को अस्थायी मुकाम बुटवल तोक्ने सरकारको निर्णयबाट दाङमा आन्दोलन चर्किएको छ भने बुटवलवासीले स्वागत गरेका छन् ।
सरकारको निर्णयसंगै बुटवलबासीले घरघरमा दिप प्रज्वलन गरेका छन् । बुटवलमा क्रियाशिल बिभिन्न संघसंस्थाहरुले चोकहरुमा दिप प्रज्वलन गरि सरकारी निर्णयको स्वागत गरेकाछन् । उनीहरुले सरकारी निर्णय लगत्तै बुटवलको पुष्पलाल चोकमा ¥याली समेत निकालेका थिए ।
सरकारी निर्णयको स्वागत गर्दै पश्चिम नेपाल यातायात ब्यवसायी संघका अध्यक्ष दधिराम खरेलले बुटवललाई अस्थायी मुकाम तोक्न भूमिका खेल्ने सबै दलका नेताहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो ।
बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष उज्वल कसजुले सरकारी निर्णयले बुटवललाई आर्थिक समृद्धिको अगुवायी गर्ने अवसर प्राप्त भएको बताउनुभयो ।
अस्थायी राजधानी तोकेकोमा रुपन्देहीका प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले सरकारलाई कृतज्ञता दिनुभएको छ । उहा“ले एबीसी न्युजसंग कुरा गर्दै अब बुटवललाई नै स्थायी मुकाम बनाउन सक्दो प्रयास गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
सरकारी निर्णयको स्वागत गर्दै बुटवल उप महानगरपालिकाका प्रमुख शिव सुवेदीले आजै एक विज्ञप्ती जारी गर्दै बुटवलाई अव स्थायी राजधानी बनाउन सवै दलहरु लाग्नुपर्ने बताउनुभएको छ । उपमहानगर प्रमुख सुबेदीले बिज्ञप्ती मार्फत नगरबासीलाई दिपावली गर्न आह्वान समेत गर्नुभएको थियो । उता जनभावना बिपरित प्रदेश मुकाम तोकिएको भन्दै दाङमा भने बुधबार देखि नै अनिश्चितकालीन आम हड्ताल सुरु भएको छ । आन्दोलनमा उत्रीएका स्थानीयबासीले सरकारी निर्णय नसच्याय सम्म आन्दोलन नरोकिने चेतावनी समेत दिएकाछन् ।
प्रतिक्रिया दिनुहोस्