ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारबाट निःशुल्क वितरण गर्न पठाएको स्लाइन अहेवले बेचे


admin

सिन्धुली, ३ माघ । सरकारबाट निःशुल्क वितरणको लागि पठाएको स्लाइन (डी फाईभ) सिनियर अहेवले विक्रि वितरण गरेको भन्दै सिन्धुली दुधौली नगरपालिकाका बासिन्दाले आपत्ति जनाएका छन् ।

जिल्लाको दुधौली नगरपालिका–१३ अरुणठाकुरमा रहेको स्वास्थ्य चौकीका इन्चार्ज बदरुल अन्सारीले सरकारले निःशुल्क वितरण गर्न पठाएको स्लाइन विक्रि वितरण गरेको अनुगमनमा क्रममा पत्ता लागेको थियो ।

अन्सारीले किर्ते गर्ने गरेको भन्दै वडा अध्यक्ष सहितको टोलीले अनुगमन गरेपछि सो कुरा बाहिर आएका हो । स्थानीयको गुनासो बारम्वार आउन थालेपछि दुधौली नगरपालिका–१३ का वडा अध्यक्ष मिलन सुनुवार सहितको टोलीले स्वास्थ्य चौकीको अनुगमन गर्दा स्वास्थ्य चौकीबाट त्यस्ता खालको गतिविधि हुने गरेको तथ्या बाहिर आएको स्थानीय रविन्द्र भट्टराईले बताए ।

स्वास्थ्य चौकीमा निःशुल्क वितरण भनिएका अधिकांश लोगो मेटिएको अवस्थामा स्लाइन पानी भेटिएको थियो । स्वास्थ्य चौकीमा राखिएका अधिकाशं स्लाइनमा अन्य सवै कुरा उल्लेख छ, तर सरकारबाट निःशुल्क विवतरण भन्ने शव्द मात्रै मेटिनुले स्वास्थ्यकर्मीको नियतमाथि प्रश्न उठेको अध्यक्ष सुनुवारले बताए ।

स्थानीयले साधारण स्लाईन पानी वा साधारण उपचार गर्दा पनि १ हजार ५ सय देखि ४ हजार ५ सयसम्म तिर्नु परेको जनगुनासोको आधारमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा औषधी भण्डारमा राखिएका स्लाइन पानीका अधिकांश वोटलमा नेपाल सरकारबाट निःशुल्क लेखिएको स्टिकर भाग च्यातिएको अवस्थामा भेटिएको थियो ।

प्रयोगमा आएका स्लाईन पानिका वोटलहरुमा पनि त्यस्तै अवस्थामा भेटिएको वडा अध्यक्ष सुनुवारले बताए । उक्त स्वस्थ्य चौकिका ईञ्चार्ज अन्सारीको कोठामा पनि त्यस्तै स्टिकर च्यातिएको अवस्थामा स्लाईन पानिका वोटलहरु भेटिएका वडा अध्यक्ष सहित अनुगमनमा गएको टोलिले बताएको छ ।

स्वास्थ्य चौकीका इन्चार्ज अन्सारी भने यो आरोप आफु स्विकार्न तयार नरहेको बताउछन । अन्सारीले यो केही व्यक्तिले पूर्वाग्राही तरिकाले लगाएको अरोप मात्र भएको बताउछन । उनले यदी आफ्नो त्यस्तो नियत थियो भने प्रयोगमा आईसकेको बोतल नष्ट पनि गर्न सक्ने बताउछन ।

जिल्ला सदरमुकाम देखि ढुवानी गरेर ल्याउनु पर्ने भएकाले कति पय औषधीहरुको वट्टामा कोरिने घस्रिने हुदाँ केही व्यक्तिहरुले राजनीतिक प्रतिशोध साधेको हुन सक्ने अन्सारीको भनाई छ ।

यदी आफुले कुनै पनि व्यक्तिसँग स्लाईन पानी वापत वा उपचार खर्च गरेबापत १ हजार ५ सय देखि ४ हजार ५ सय सम्म लिएको फेला परेमा आफु जस्तो सुकै कारवाही गर्न पनि आफु तयार रहेको इन्चार्ज अन्सारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com