ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शून्य समयमा राष्ट्रियसभा सांसद : काठमाडौंबासीलाई संयम र ल्यान्डफिलवासीलाई संयमित हुन आग्रह


एबीसी / संवाददाता

काठमाडौँ, २६ जेठ । राष्ट्रियसभा सदस्यहरूले देशका विभिन्न समस्याहरूलाई संसदसामू पुर्याएका छन् । बिहीबारको बैठकमा इन्दु कडरियाले तराईमा तरकारी खेतीका लागि प्रतिबन्धित गरिएको विषादी प्रयोग गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै राष्ट्रियसभा सदस्य इन्दु कडरियाले तराईमा तरकारी बालिमा सरकारले प्रतिबन्ध गरेको विषादीको प्रयोग बढेको बताउनुभयो । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई विभिन्न तालिमको नाममा अल्झाउने काम नगर्न सरोकारवालाहरूलाई आग्रह गर्नुभयो । उहाँले गोष्ठी र उद्घाटनको नाममा कार्यालय छाडेर हिड्ने परम्परा राज्यका हरेक निकायमा रहेको उल्लेख गर्दै अनावश्यक गोष्ठि र उद्घाटनमा नरमाउन पनि आग्रह गर्नुभयो ।

राष्ट्रियसभा सदस्य दिलकुमारी रावल थापाले विद्यार्थीहरुले हालसम्म पाठ्यपुस्तक नपाएको भन्दै कसको कारणले पाठ्यपुस्तकमा ढिलाई गरिएको हो सरकारले जवाफ दिनुपर्ने बताउनुभयो । उहाँले मनसुनको पूर्वतयारी र विपत प्रतिकार्य योजनाका लागि सरकारले के गरिरहेको छ सो विषयमा गृहमन्त्रीले राष्ट्रिय सभामा आएर जवाफ दिन माग गर्नुभयो । राष्ट्रियसभा सदस्य नन्दा चपाईले गाउँमा उत्पादित तरकारी र फलफुल ढुवानी गर्न समस्या भएको उल्लेख गर्दै शहरमा ढुवानी गरेर ल्याउनका लागि सबै स्थानीय तहमा कृषि एम्बुलेन्सको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

राष्ट्रियसभा सदस्य प्रकाश पन्थले काठमाडौंमा फोहोरको डंगुर थुप्रिएको उल्लेख गर्दै यसले महानगर र सरकारलाई गिज्याइरहेको टिप्पणी गर्नुभयो । उहाँले काठमाडौँबासीलाई सभ्य हुन र ल्याण्डफिल साइटका जनतालाई संयमित हुन अनुरोध गर्नुभयो । फोहोर व्यवस्थापनका लागि तिनै तहको सरकार जिम्मेवार हुनुपर्ने उहाँले बताउनुभयो । राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले गत वर्ष असोजमा प्राकृतिक प्रकोपबाट क्षति भएको धानको क्षतिपुर्ति सरकारले दिने भने पनि हालसम्म नदिएकाले किन ढिलो भएको भनि सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रियसभा सदस्य रामचन्द्र राईले त्रिभुवन राजपथ अलपत्र परेको भन्दै सो सडकलाई मर्मत गरेर सञ्चालन गर्नुपर्ने बताउनुभयो । त्यसैगरी काठमाडौं आवतजावतका लागि मदन भण्डारी मार्ग र कुलेखानी मार्गलाई पनि मर्मत सम्भार गर्नुपर्ने उहाँले बताउनुभयो ।

राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले सरकारले विपद्को पूर्वतयारी के गरिरहेको छ भन्ने प्रश्न गर्नुभयो । उहाँले आगामी दुई हप्ता विपद्को तयारी गर्नको लागि स्थानीय तहहरुसँग समन्वय गरेर अभियान सुरु गर्न सरकार सँग माग गर्नुभयो । राष्ट्रियसभा सदस्य सिंहबहादुर विश्वकर्माले राहदानी विभागलाई ईपासपोर्ट जारी गर्ने सेवालाई विस्तार गर्नुपर्ने बताउनुभयो । सेवा विस्तार नहुँदा सेवाग्राहीले झन्झट बेहोर्नु परेको उहाँले उल्लेख गर्नुभयो । उहाँले विभागको काम सुस्त हुने गरेको र विचौलियाहरुले घुस लिने दिने विकृति निम्त्याएको पनि बताउनुभयो । उहाँले यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता

नेपाल–चीनका सबै नाका खोल्ने सहमति भएको छ : प्रधामन्त्री (यस्तो छ पूर्णपाठ)

सम्बन्धित

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता

पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको भाउ सिलिण्डरमा २१५ ले बढ्यो

भारतीय व्यवसायी जावेद अहमदको निधन

नेपाल–चीनका सबै नाका खोल्ने सहमति भएको छ : प्रधामन्त्री (यस्तो छ पूर्णपाठ)

मेरो चीन भ्रमणले आपसी विश्वास बढेको छ : प्रधानमन्त्री प्रचण्ड

दुई हप्तापछि काठमाडौं आइपुगे प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com