काठमाडौं, १० जेठ ।पोखरा महानगरपालिकाको मतगणनाको दौरान वडा नम्बर ८ को ९ मत हराएको भन्दै नेकपा एमालेले पुनः मतगणनाको माग गरेको छ । सोही कारण हाल मतगणना स्थगित भएको छ । हालसम्मको मतगणना अनुसार गठबन्धनका उम्मेदवार धनराज आचार्य महानगरको मेयरमा सुनिश्चित भएका छन् । वेटिङ मेयर’ आचार्यले हालसम्म ५६ हजार ३ सय ३८ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्दी थापाले ५१ हजार ३ सय ५१ मत पाएका छन् ।
आचार्य भन्दा थापा ४ हजार ९ सय ८७ मतले पछि छन् । आचार्यको जितको औपचारिक घोषणा भने हुन बाँकी छ । पोखरा महानगरको उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ दोहोरिने निश्चित देखिएको छ । उनले ५८ हजार ७ सय ४६ मत पाएकी छिन् । भने रानाभाटले ५४ हजार ७ सय १४ मत प्राप्त गरेकी छिन् ।
निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी कोपिला रानाभाट भन्दा गुरुङ ४ हजार ३२ मतले अघि छिन् ।पोखरा महानगरपालिकामा कुल १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो । सो मध्ये ४ हजार ६ सय २ मतगणना हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरा महानगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्