ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अग्निपीडित थिङलाई पत्रकार गुरुङको पहलमा आर्थिक सहयोग


admin

सिन्धुली, २९ पुस । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ४ सौरेनीका सनमान थिङको घर दशैंको अघि आगलागीबाट ध्वस्त भयो । भूकम्पबाटको अनुदान रकमसमेत सोही आगलागीमा परेर जल्यो । उनीसँग सम्पत्तिको नाममा जग्गाजमिन मात्र बाँकी रह्यो । उनीसँग घर बनाउनका लागि पैसा भएन । समस्या सबैतिर पोखे तर कुनै साथ सहयोग पाएनन् ।

आगलागी भएको भोलिपल्ट वरिष्ठ समाजसेवी उज्वल थापाको पहलामा जस्तापाता, लत्ताकपडा र खाद्यान्न प्राप्त भएको थियो । त्यसपछि सामान्य सहयोगबाहेक अरु जुट्न सकेन् ।

घर बनाउनका लागि प्राप्त गरेको रकमसमेत आगजनीमा परेपछि थिङ निकै समस्यामा थिए । शनिवारको बिहान एबीसी न्यूज टेलिभिजनका समाचार संयोजक डण्ड गुरुङको पहलमा संकलित ४६ हजार रुपैयाँ पाएपछि थिङका लागि केही राहत मिलेको छ ।

रकम सहयोग पाउने कुनै आश नै नगरेको बताउँदै थिङले ४६ हजार रुपैयाँले घर बनाउन केही सहज हुने बताए । उनले घर बनाउनका लागि कम्तिमा ४ लाख लाग्ने पनि सुनाए ।

पत्रकार गुरुङ स्वयमले प्रेस काउन्सीलबाट प्राप्त रकममध्ये ५ हजार रुपैयाँ दिएर सहयोग अभियान सञ्चालन गरेका थिए । त्यस्तै, सोही अभियानमा मलेसियामा रहेका लमजुङका सौगात तामाङले १३ हजार ४४९ रुपैयाँ, दोलखा घर भई नेदरल्याण्ड रहेका सुनिल गुरुङले सात हजार रुपैयाँ पठाएका थिए ।

त्यसैगरी, सोही अभियानमा दोहा कतारबाट सिन्धुली सेवा समाज लगायत विभिन्न व्यक्तित्वहरुले २० हजार ५०५ रुपैयाँ जम्मा गरेको थियो । सो सहयोगका लागि तीनकन्याकै निर्मल ठकुरीको विशेष पहल थियो ।

त्यस्तै, इजरायलमा रहेका समाजसेवी शरिन ख्युङ्वा तामाङले समेत सहयोग गर्ने बचन दिएको अभियानकर्ता गुरुङले जानकारी गराए ।

सहयोग रकम हस्तान्तरणपछि थिङले सबै सहयोगीलाई धन्यवाद दिएका छन् । अभियान सञ्चालन गर्ने पत्रकार गुरुङले अभियान जारी रहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक निरीक्षकको शव भेटियो चितवनमा

सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक निरीक्षकको शव भेटियो चितवनमा

सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित

बेलायतले केयर वर्कर लैजान बन्द गर्‍यो, पिएचडी विद्यार्थीले बाहेक डिपेन्डेन्ट लैजान नपाउने

‘सीएसआर’ कोषको पैसा गरिबी निवारणमा मात्रै खर्च गर्न सर्वोच्चको आदेश, निजीमा लगाए कारबाही

गभर्नर विरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

माधव नेपालको राजीनामा मागेर झलनाथ लागे चीनतिर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com