काठमाडौं, १० चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एबीसी टेलिभिजनका प्रधान सम्पादक तथा मिडिया सोसाइटीका अध्यक्ष शुभ शंकर कँडेलका ममतामयी आमाको निधनमा दुःख व्यक्त गर्नुभएको छ । अध्यक्ष प्रचण्डले आज चितवनको लंकु पुगेर मृतआत्मा प्रति श्रद्धान्जली ब्यक्त गर्नुभएको हो ।
उहाँले स्वर्गीय पवित्रा कंडेल प्रति श्रद्धासुमन ब्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । कँडेलका ममतामयी आमाको निधनको खवरबाट स्तब्ध भएको बताउदै दुख ब्यक्त गर्नुभयो । यस्तै गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले पनि आजै कँडेल निवास चितवन पुगेर श्रद्धासुमन ब्यक्त गर्नुभयो । स्वर्गिय पवित्रा कँडेलको ९१ वर्षको उमेरमा यही चैत्र ६ गते असामयिक निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्