काठमाडौैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुस“ग खोप सहजीकरण बारे छलफल गर्नुभएको छ । बिहीवार स्वास्थ्य मन्त्री खतिवडाले नेपालका हरेक जिल्लामा कोरोनाबिरुद्धको खोप अभियानको हालकोविवरणबारे जानकारी लिंदै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग छलफल गर्नुभएको हो ।प्रमुख जिल्ला अधिकारी र विभिन्न स्वास्थ्य विभागका अधिकारीहरुको कुरा सुनिसकेपछि मन्त्री खतिवडाले स्थानीय स्वास्थ्य निकायहरुमा जिल्ला र प्रदेशस्तरीय स्वास्थ्य निकायहरुस“ग समन्वय गरी वडा र गाउ“पालिकाका प्रमुखलाई बोलाएर छलफल गर्न आग्रह गर्नुभयो । मन्त्री खतिवडाले प्रमुख जिल्ला अधिकारीहरुले कोरोनाबिरुद्धको खोप लक्षित समुदायमा पु¥याउन स्थानीय रुपमा योजना बनाएर लागू गर्नुपर्ने खा“चो औंल्याउ“दे प्रदेश र स्थानीय तहमा भण्डारण गरिएको कोरोनाबिरुद्धको खोपको मात्रा अपुग भए तत्काल केद्रिय सरकारस“ग माग गर्न आग्रह गर्नुभयो ।
मन्त्री खतिवडाले विभिन्न पार्टीले आयोजना गरिरहेका महाधिवेशन स्थलमा धेरै मानिस जम्मा हुने भएकोले उक्त स्थानमा गएर पनि खोप डेस्क सञ्चालन गरी जनतासमक्ष खोप पु¥याउन आग्रह गर्नुभयो । सरकारले अब १८ वर्षभन्दा माथिका कोरोना भाइरसविरुद्धको खोप लगाउन छुटेका सबैलाई खोप लगाउन थालिसकेको छ । अहिलेसम्म कूल जनसंख्याको ३० प्रतिशतलाई पहिलो मात्रा र २६ प्रतिशतलाई दोस्रो मात्राको खोप प्रदान गरिएको छ । सरकारले आगामी पुस मसान्तभित्र दुई तिहाई र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ ।
प्रतिक्रिया दिनुहोस्