ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महानगरको विकासका लागि मन्त्रालयको ध्यानाकर्षण गराउँदै प्रचण्ड


एबीसी / संवाददाता

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाको विकासका लागि विभिन्न मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको छ ।

भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको समृद्ध भरतपुरका लागि विकास बहस कार्यक्रममा उहाँले यहाँका महत्वपूर्ण विकासका आयोजनालाई सम्पन्न गर्न सहभागी मन्त्री, सचिव र विभागका महानिर्देशकको ध्यानाकर्षण गराउनुभएको हो । महानगरको आधाभन्दा बढी भूभाग अध्यक्ष दाहालको निर्वाचन क्षेत्रमा पर्दछ । कार्यक्रममा उहाँले ८÷१० वर्षभित्र विकासमा भरतपुर महानगर र चितवनले क्रान्ती ल्याउने बताउनुभयो । यसलाई देशव्यापीरुपमा बिस्तार गर्नुपर्ने अध्यक्ष दाहालको भनाइ थियो । नारायणी नदी तटबन्धन गरेर हजारौँ बिघा जमिन संरक्षण गर्न सकिने भन्दै उहाँले यसबाट सुन्दर नगर बनाउन सहयोग पुग्ने बताउनुभयो ।

भरतपुर महानगरमा भएको विमानस्थल बिस्तारको काम अघि बढेको, नारायणी नदीमा सिग्नेचर पुलको काम अघि बढाइएको, भूमिहीन सुकुम्बासीलाई लालपुर्जा, निस्सा र स्थानान्तरणको प्रक्रिया अघि बढेको, रिङरोड र लिङ्क रोडको काम अघि वढेको भन्दै देशकै नमूनाका रुपमा भरतपुरमा विकास गति लिएको उहाँको भनाइ थियो । आयोजना सम्पन्न गर्न आवश्यक बजेट विनियोजन र सहयोगका लागि उहाँले उपस्थित मन्त्री, सचिव र महानिर्देशकसँग अनुरोध गर्नुभयो । कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई किसानसँग जोडेर काम गर्न उहाँले सुझाव दिनुभयो ।

देशभरिका जनताको ध्यान चितवनतर्फ आकर्षण भएको भन्दै उहाँले यसका पछि धेरै कारण रहेका छन् भन्नुभयो । उहाँले भन्नुभयो, “यसभित्र केही लुकेको छ । मलाई थप जिम्मेवारी बढाएको छ ।” फरक प्रसङ्गमा उहाँले वामपन्थी एकताका लागि ठूलो सपना देखेको भए पनि त्यो पूरा गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “हिजो देखेको सपना विल्कुल गलत होइन । तोड्नका लागि भित्र र बाहिरी जुनजुन शक्ति लागे बुझ्न जरुरी छ ।” ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भरतपुर महानगरको विकास नमूना योग्य रहेको भन्दै आवश्यक सहयोगका लागि मन्त्रालय सकारात्मक रहेको बताउनुभयो । उहाँले नारायणी नदी तटबन्धनका लागि तीन वर्षमा रु पाँच अर्ब बराबरको काम गर्ने गरी प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो ।

यसबाट चितवनतर्फ १७ किलोमिटर र नवलपरासीतर्फ १८ किलोमिटर तटबन्धन हुने बताउनुभयो । यसै वर्षबाट काम थाल्ने भन्दै उहाँले सुस्ता र गण्डकसम्म नारायणी नदी तटबन्धन गर्न रु २३ अर्ब खर्च लाग्ने र यसलाई बहुवर्षीय आयोजनाका रुपमा अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नारायणी नदी तटबन्ध गरेर सयौँ बिघा जमिन व्यवस्थापन गर्न सकिन्छ ।” उहाँले संरक्षण गरिएको जमिन उपयोग गरेर गरिबीका रेखामुनि रहेकालाई उपयोग गर्न दिन सकिने बताउनुभयो । उहाँले थप्नुभयो, “यसरी गरिबमुक्त महानगर घोषणा गर्न अपिल गर्छु ।”माडी क्षेत्रका नदी तटबन्धका लागि रु २० करोड स्वीकृत भई कार्यान्वयनको चरणमा अघि बढेको उहाँको भनाइ थियो । जहाँ खेतीयोग्य जमिन त्यहाँ सिँचाइ अभियानका साथ काम अघि बढेको मन्त्री भुसालले बताउनुभयो । माडीमा विद्युत नपुगेका ठाउँमा विद्युतीकरण र भरतपुर महानगरमा भूमिगत तार बिछ्याउनका लागि मन्त्रालयले प्रक्रिया अघि बढाएको उहाँले बताउनुभयो ।

अर्थमन्त्री जनार्दन शर्माले भरतपुर महानगरका महत्वपूर्ण आयोजना सम्पन्न गर्न आवश्यक बजेटका लागि मन्त्रालय सकारात्मक रहेको बताउनुभयो । क्रिकेट रङ्गशाला सम्पन्न गर्न आबश्यक सहयोगका लागि आफू तयार रहेको उहाँको भनाइ थियो । जग्गा खोजी गरेमा भरतपुरमा शिक्षक अस्पताल निर्माणका लागि आवश्यक सहयोग मन्त्रालयबाट हुने उहाँले बताउनुभयो । आफू गठबन्धनको सरकारको मन्त्री रहेकाले गठबन्धन पार्टी र जनताको हितविपरीत काम नगर्ने उहाँले बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री प्रेमबहादुर आलेले पर्यटन क्षेत्रको विकासका लागि कर्मचारीलाई खर्चसहितको बिदा दिने कार्यक्रमलाई कार्यान्वयनमा ल्याइने बताउनुभयो । भरतपुर विमानस्थल बिस्तारका लागि मन्त्रालय सकारात्मक रहेकाले काम हुने भन्दै सहयोगका लागि अर्थ मन्त्रालयसँग अनुरोध गर्नुभयो । अबका दिनमा धेरै गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो, “गठबन्धनको नेतृत्व गरेकाले शिर कत्ति ननिहुरने गरी काम गर्छु ।”

राज्यमन्त्री उमेश श्रेष्ठले समृद्धिका लागि धेरै सम्भावना रहेको बताउँदै सोच, नीति र ऐन समयअनुसार परिवर्तन हुन जरुरी रहेको बताउनुभयो । उहाँले भरतपुरको विकासका लागि आफ्नो ठाउँबाट आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेल, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी, नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री, सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यलगायतले बोल्नुभएको थियो । सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरको विकास, अवस्था र अपेक्षा प्रस्तुत गर्दै आफू आएपछि महानगरमा भएका विकासका कामको जानकारी दिनुभएको थियो । कार्यक्रममा सम्बद्ध महानगरका लागि विज्ञसँग सुझाव लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com