रुपन्देही । नेपाली कांग्रेसको अधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ (क) मा मतगणना क्रममा विवाद हुदा झडप भएको छ । सिद्धार्थनगर नगरपालिका भैरहवामा मतगणना भइरहेका बेला अवस्थामा केही युवाले आक्रमण गर्दा एक उम्मेदवारसहित ५ जना घाइते भएका छन् ।मतगणनाका क्रममा रामचन्द्र पौडेलबाट प्यानल बनाएर उठेका पुरण श्रेष्ठले परिणाममा अग्रता लिदै गरेको अवस्थामा शुक्रबार राति २ बजे आक्रमण भएको हो ।
झडपबाट क्षेत्रीय सचिवका उम्मेदवार शैलेश पन्त गम्भीर घाइते भएका छन् ्। अरू ४ जना सामान्य घाइते भएका छन् । आफ्नो समूहले अग्रता लिइरहेको अवस्थामा आक्रमण भएको प्रदेश सभा क्षेत्रीय सभापतिका उमेदवार पुरण श्रेष्ठले बताउनुभयो । तरुण दलका जिल्ला अध्यक्ष सोमबहादुर गुरुङको नेतृत्वमा आएको समूहले आक्रमण गरेको श्रेष्ठले बताउनुभयो । झडपपछि मतगणना स्थगन गरिएको कांग्रेस रुपन्देहीका निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्