ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर सप्ताह सुरु


एबीसी / संवाददाता
मंसिर १, २०७८ बुधबार  ६ : २९ बजे

काठमाडौं । दशौं कर सप्ताहअन्तर्गत जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ ।
आन्तरिक राजस्व कार्यालय भरतपुरले आजदेखि सुरु गरेको कर सप्ताह मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । विगत दुई वर्ष कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण खासै कार्यक्रम नगरिए पनि यसवर्ष सङ्क्रमण घट्दै गएकाले सप्ताहव्यापी रुपमा कार्यक्रम गर्न लागिएको सो कार्यालयले जनाएको छ ।

कार्यक्रमअन्तर्गत आज शुभारम्भ, करदाता सम्मान, २ गते सेवाग्राहीलाई करदाता शिक्षा कार्यक्रम, ३ गते उद्योग वाणिज्य सङ्घ रत्ननगरमा करदाता शिक्षा, ४ गते उद्योगीसँग करदाता शिक्षा, ५ गते सहकारीकर्मीलाई करदाता शिक्षा, ६ गते अडिटरको समस्या समाधानका लागि अन्तक्र्रिया र ७ गते समापन कार्यक्रम रहेको छ ।

उद्घाटन समारोहमा बोल्ने अधिकांश वक्ताले लगानीमैत्री वातावरण तयार गर्न राज्यले अझै नसकेको बताएका थिए । सो अवसरमा चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ्ले राज्यले लगानीको सुरक्षा र लगानीमैत्री वातावरण तयार गर्नुपर्ने उल्लेख गर्दै जिल्लामा अहिले उद्योग क्षेत्रमा समस्या नरहेको बताउनुभयो । उहाँले करदाता र कर प्रशासन प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिनुभयो । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठ, उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोतन कँडेल, नेपाल अडिटर्स एशोसिएशनका सल्लाहाकार सूर्यप्रसाद अधिकारी, नारायणी सामुदायिक अस्पतालका कार्यकारी निर्देशक विष्णु कुँवर, करअधिकृत हरिराम ढकाल लगायतले करदाता शिक्षाको विविध पक्षमाथि बोल्नुभएको थियो ।

सो अवसरमा आर्थिक वर्ष २०७६÷७७ मा उत्कृष्ठ आयकर बुझाउने नारायणी सामुदायिक अस्पताललाई सम्मान गरिएको थियो । यस्तै उत्कृष्ठ कार्यसम्पादन गर्ने दुईजना कर्मचारीलाई समेत सम्मान गरिएको थियो । यसअघि उद्योग वाणिज्य सङ्घ चितवनबाट प्रभातफेरी निकालिएको थियो । कार्यालयका प्रमुख घनश्याम पन्थीले चालू आर्थिक वर्षको हालसम्म लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको जानकारी दिनुभयो । राजस्व सङ्कलनमा देशको चौंथो स्थानमा पर्न सफल भएको यस कार्यालयले चालू आर्थिक वर्षको कात्तिक महिनासम्ममा रु ६ अर्ब ४९ करोड ६५ लाख २३ हजार राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

कात्तिकसम्मको राजस्व सङ्कलनका लागि विभागले कार्यालयलाई रु पाँच अर्ब २० करोड ९७ लाख १२ हजार लक्ष्य दिएको थियो । सङ्कलित रकम लक्ष्यको २४ दशमलब ७० प्रतिशतले बढी हो । उहाँका अनुसार कार्यालयले कात्तिक मसान्तसम्म आयकरतर्फ रु ७२ करोड ५६ लाख १८ हजार, घरबहाल करतर्फ रु ९८ लाख ३८ हजार, ब्याजकरतर्फ रु दुई लाख ३८ हजार, मूल्य अभिवृद्धि करतर्फ ५७ करोड चार लाख ६५ हजार, अन्तशुल्कतर्फ रु पाँच अर्ब १४ करोड तीन लाख ५५ हजार, स्वास्थ्यसेवा करतर्फ रु नौ हजार र शिक्षा सेवा करतर्फ रु दुई हजार राजस्व सङ्कलन भएको छ । कार्यालयअन्तर्गत एक लाख ४६ हजार ५५१ करदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

के बालेलनलाई जसलाई पनि ‘हत्यारा’ भन्ने छुट छ ?

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com